कार्तिक २८, २०८३ शनिबार November 14, 2026

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

चेपाङ समुदायका लागि भदौ महिना विशेष मानिने र भदौभरि नै आफ्नो अनुकूल समयमा न्वागी मनाउने चलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन । चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । भोटेकोशी बाढी पहिरोका कारण देशलाई पीडा परेको भन्दै सो समुदायले आ–आफ्नो घरमा गच्छेअनुसार चाढ मनाए । विगतका वर्षहरुमा भने न्वागी सामूहिक रुपमा एकजुट भएर मनाइन्थ्यो ।

चेपाङ समुदायले न्गागीलाई आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व मान्दै आएको छ । हरेक वर्ष भदौ २२ गते विशेष रूपमा मनाइने न्वागी यस वर्ष तडकभडक र औपचारिक कार्यक्रम नगरी परिवार र आफन्तबीच परम्परागत विधिअनुसार मनाइएको नेपाल चेपाङ सङघले जनाएको छ । सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले विगतका वर्षमा सामूहिक न्वागी मनाइने गरे पनि यस वर्ष देशको अवस्थालाई ध्यानमा राख्दै औपचाचिरक कार्यक्रमको आयोजना नगरिएको बताए। उनले भने, “तडकभडक नगरी यसवर्ष न्वागी आ–आफ्नो घरमा मनायौँ । देशमा भएको घटनाले गर्दा हामीले सामूहिक कार्यक्रम गरेनौँ ।” उनका अनुसार न्वागीको धार्मिक तथा सांस्कृतिक विधि भने घरघरमै निरन्तरता दिइएको हो । चेपाङ समुदायका लागि भदौ महिना विशेष मानिने र भदौभरि नै आफ्नो अनुकूल समयमा न्वागी मनाउने चलन छ।

यो समुदायमा नयाँ अन्नबाली र फलफूल पाक्न थालेपछि प्रकृति, भूमि र पितृलाई चढाएर मात्र उपभोग गर्ने परम्परासँग न्वागी जोडिएको छ । पाखापखेरामा लगाइएका मकै, घैया धानलगायत नयाँ अन्नबाली तथा विभिन्न फलफूल पाक्ने यही समयमा घरघरमा धार्मिक तथा सांस्कृतिक विधि सुरु हुने गर्छन् ।

न्वागीको अघिल्लो रात चेपाङ समुदायका झाँक्री ९पान्दे० ले फलाक्ने, जाग्राम बसेर पूजा गर्ने, पितृको स्मरण गर्ने र पितृ बोलाउने परम्परा छ । त्यसपछि नयाँ उब्जनी भएका अन्न तथा फलफूल पितृ र देवतालाई चढाइन्छ । पूजापछि पान्देले आशीर्वाद दिने चलन छ ।

न्वागीमा घैया आवश्यक पर्ने र त्यसबाहेक गाभा, पिँडालु, घिरौँला, निबुवा, कागतीलगायत नयाँ उब्जनी भएका फलफूल तथा तरकारी चढाइने गरिन्छ । नयाँ अन्नबाली भूमि र पितृलाई अर्पण गरेपछि मात्र खाने परम्परा छ ।

सङ्घका महासचिव सन्तबहादुर चेपाङले यस वर्ष कुनै औपचारिक कार्यक्रम नगरिएको र घरघरमै न्वागी मनाइएको बताए ।

“यसपालि हामीले सामूहिक कार्यक्रम गरेनौँ । आ–आफ्नो घरमा आफन्त भेटघाट गरेर मिठोमसिनो खाँदै न्वागी मनाइरहेका छौँ ।” उनका अनुसार न्वागी चेपाङ समुदायको परम्परागत पर्व भएकाले मनाउनैपर्ने भए पनि देशलाई आपत परेका बेलामा गत वर्ष जस्तो यसवर्ष उत्साहका साथ नमनाइएको बताए । न्वागीमा नयाँ धान, चामल तथा फलफूल भूमि पूजा गरी पितृलाई चढाएपछि मात्र खान मिल्ने परम्परा छ ।

सदस्य दीपा चेपाङले यस वर्षका लागि तय गरिएको सामूहिक कार्यक्रम बाढीका कारण हुन नसकेको बताउँदै घरघरमै विधिपूर्वक न्वागी मनाइएको जानकारी दिए ।

इच्छाकामना गाउँपालिका–२ मायाटारका शिक्षक पदमबहादुर प्रजाले पनि यस वर्ष उत्साहका साथ न्वागी मनाउने वातावरण नरहेको बताए । न्वागी चेपाङ समुदायको मुख्य चाड भएकाले यसको निरन्तरता र भावी पुस्तामा यसको महत्व हस्तान्तरण गर्न पर्व मनाउन आवश्यक रहेको छ ।

चेपाङ समुदाय प्रकृति र धर्तीपूजक समुदाय हुन् । घैया धान, मकै, पिँडालु, गाभा, फलफूललगायत नयाँ उब्जनी पाकेपछि भूमि र पितृलाई चढाएर खाने परम्परा चेपाङ्ग समुदायमा पाइन्छ ।

भदौभरिनै अनुकूल समयमा न्वागी मनाउने चलन छ । ‘भदौको बिस बाइस’ भन्ने परम्पराअनुसार भदौ २२ लाई न्वागीको मुख्य दिनका रूपमा मान्ने गरिएको पाइन्छ । नयाँ पुस्तामा न्वागीको महत्व क्रमशः घट्दै गएको र समुदायभित्र धर्म परिवर्तनका कारण मौलिक धर्म र संस्कृति लोप हुने अवस्था देखिन थालेको भन्दै समुदाय एकजुट भएर आफ्नो धर्म, संस्कृति र परम्परा जोगाउनुपर्नेमा जोड दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार