भाद्र २४, २०८३ बुधबार September 9, 2026

आज बुधबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल

मकरलाई आज भौतिक सम्पत्ति तथा ब्राण्डेड वस्तुको व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा आमाको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । माया गर्ने मान्छे पाइने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरी नाम कमाउन सकिनेछ । कृषि तथा पशुपालन पेसा व्यवसाय गर्नेहरूका लागी समयले साथ दिनेछ । राजनीतिकर्मीका लागी आजको दिन उत्तम रहेको छ । साँझपख सन्तानसँग टाढिनु पर्दा मन खिन्न हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ काम गरी धन आर्जन गर्न सकिनेछ । साथीभाइको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ । विशेष गरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय रहेको छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । परिवारजनका आकांक्षा तथा इच्छाहरू पुरा गर्न सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । साँझपख यात्रा गर्दा वा सवारी साधन चलाउँदा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो हुनेछ । आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित होइनेछ । प्रेमिल जोडीहरूका लागी समय उत्तम रहेको छ । बोलीको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ । शेयर बजार, खाद्यान्न, होटल तथा रेष्टुरेन्ट जस्ता क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समाजमा राम्रा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने तथा शेयर बजारमा नाफा कमाउन सकिने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । साँझपख बोल्दा, भोजन ग्रहण गर्दा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय राम्रो रहेकोले आम्दानीको तुलनामा खर्च कम हुँदा रुपैयाँ पैसाको बचत हुनेछ । स्वास्थ्य सामाग्री तथा खाद्यान्नको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने एनजिओ आईएनजीओ जस्ता संस्थामा काम पाउने तथा बढुवा हुने योग रहेकोले । अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैतृक धन सम्पत्ति हात लागी हुने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । साँझपख लामो यात्रा हुने प्रशस्त सम्भावना रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पुराना समस्याहरू समाधान गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिने तथा पहुँच बिस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईँको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । नोकरी तथा व्यावसायिक क्षेत्रमा देखिएका चुनौतीहरूलाई चिर्दै गन्तव्यमा पुग्न सकिनेछ । पुराना कामहरू सम्पन्न हुने तथा राम्रो कमाई हुने हुँदा थप लगानी बढाउन सकिनेछ । प्रेम सम्बन्धहरूलाई विवाहमा परिणत गरी घर गृहस्थी सुचारु गर्ने समय रहेको छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा विद्यार्थीहरुले राम्रो प्रगति गर्ने समय रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँका सहभागिता उच्च स्तरको रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खाद्यान्न तथा औषधीजन्य सामानको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा सहपाठीहरूबाट सुनिने शुभ समाचारले उत्साह जगाउनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । साँझपख शैक्षिक तथा धार्मिक यात्राको योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक सम्पत्ति तथा ब्राण्डेड वस्तुको व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । शैक्षिक तथा व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुनेछ । अध्ययनमा सहजै सफलता हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाइनेछ । लामो दुरीको यात्राको योग रहेको छ । साँझपख लामो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विवादित विषयहरूबाट निचोड तपाईँकै पक्षमा आउने हुनाले खुसीले उचाइ नाघ्नेछ । पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरूबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाईँसँग मनमुटाबको भावना राख्ने तथा शत्रुता साध्नेहरू आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने यात्राको अवसर जुर्नेछ । बिलासी सामानको प्रयोग मार्फत अरूको मन लोभ्याउन सकिनेछ । खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक काममा आलोचना सहितको समर्थन प्राप्त हुने र पद प्राप्तिको योग रहेको छ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको वैदेशिक यात्रा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन
२०८३ भाद्र २४, बुधबार
होर्मुज खुलाउनेबारे इरान-ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’
२०८३ भाद्र २४, बुधबार
आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र २४, बुधबार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
२०८३ भाद्र २४, बुधबार
बाढीप्रभावित विद्यार्थी पढाउन एक अर्बको छात्रवृत्ति
२०८३ भाद्र २४, बुधबार
खोज र उद्धारसँगै थालियो पुनर्स्थापना
२०८३ भाद्र २४, बुधबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र २४, बुधबार