भाद्र २४, २०८३ बुधबार September 9, 2026

च्याम्पियन्स लिगमा हालान्ड चम्किँदा सिटीको विजयी सुरुवात

हालान्डको निर्णायक प्रदर्शनमा पोर्टोमाथि सिटीको २–० जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। एर्लिङ हालान्डको २ गोल सहयोगमा म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा सुखद् सुरुवात गरेको छ। गएराति भएको खेलमा पोर्टोलाई २–० गोल अन्तरले हराउँदै सिटीले लिगमा सुखद् सुरुवात गरेको हो।

सिटीको जितमा नर्वेका स्टार हालान्ड निर्णायक सावित भए। पहिलो जितसँगै सिटी ३ अंकमा तालिकाको शीर्ष स्थानमा रह्यो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा मात्र सिटीले २ गोल फर्कायो।

खेलको ४७ औँ मिनेटमा हालान्डको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो। खेलको इन्ज्युरी समयमा हालान्डले व्यक्तीगत दोस्रो गोल गर्दै च्याम्पियन्स लिगमा सिटीलाई सानदार जित दिलाए।

हालान्डले सिटीका लागि मात्र ४० खेलमा आफ्नो च्याम्पियन्स लिगमा गोल संख्या ३६ पुर्‍याएका छन्।

पोर्टोका गोलकिपर डियोगो कोस्टाले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे। उनले हालान्डका दुई प्रहार विफल पारे भने एन्टोइन सेमेन्यो र फिल फोडेनका प्रयासलाई पनि विफल पारे।

सन् २०२३ को एकै सिजनमा मुख्य तिन उपाधि जितेयता सिटी पहिलो पटक उपाधि उचाल्ने लक्ष्यमा छ।

गएराति नै भएको खेलमा रियल मड्रिडले इन्टर मिलानलाई २–१ ले हरायो। यस्तै रियल बेटीसले लिलिलाई, एष्टोन भिल्लाले क्लब ब्रुगलाई तथा बोरुसिया डर्टमुन्डले भिल्लारियललाई समान ३–२ गोल अन्तरले नै पराजित गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया