भाद्र २४, २०८३ बुधबार September 9, 2026

नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा

क्याथ ल्याब सञ्चालनमा आएपछि बिरामीले अस्पतालबाटै मुटुरोगसम्बन्धी विशिष्टीकृत सेवा सुचारु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नारायणी अस्पताल, वीरगञ्जमा लामो समयदेखि सञ्चालनमा आउन नसकेको क्याथ ल्याब सेवा सञ्चालनमा आएको छ।

२०७६ चैतमा खरिद गरिएको क्याथ ल्याब उपकरण लामो समयसम्म जडान हुन नसक्दा सेवा सञ्चालनमा आउन सकेको थिएन। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएपछि गत असारदेखि जडान प्रक्रिया अघि बढाइएको थियो।

उपकरण जडान सम्पन्न भई भदौ १० गतेदेखि क्याथ ल्याब सञ्चालनमा आएपछि बिरामीले अस्पतालबाटै मुटुरोगसम्बन्धी विशिष्टीकृत सेवा लिन थालेका छन्।

क्याथ ल्याब सेवा सञ्चालनमा आएपछि मधेस प्रदेश तथा आसपासका जिल्लाका सेवाग्राहीले मुटुसम्बन्धी विशिष्टीकृत उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने र आफ्नै प्रदेशमा सहज रूपमा सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत
२०८३ भाद्र २४, बुधबार
बाढीप्रभावितलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण
२०८३ भाद्र २४, बुधबार
आयल निगमले आफ्नै मातहतमा ग्यास उद्योग खोल्नु आवश्यक छः उद्योगमन्त्री
२०८३ भाद्र २४, बुधबार
सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः रवि लामिछाने
२०८३ भाद्र २४, बुधबार
झापा र कैलालीमा खोप अभियान शुरु हुँदै
२०८३ भाद्र २४, बुधबार
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
२०८३ भाद्र २४, बुधबार
रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
२०८३ भाद्र २४, बुधबार