भाद्र २५, २०८३ बिहिबार September 10, 2026

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

४५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल बनायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २५ भदौः मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्ग आज भएको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई फाइनल पुग्न १४८ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल बनायो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । उनले ७६ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाएका हुन ।

त्यस्तै बसिर अहमदले ४७ रन बनाउदा देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ ओमानका जय ओडेडरा र हस्नैन शाहले समान ३/३ विकेट लिए । त्यस्तै मुहम्मद इमरानले २ विकेट लिदा शकील अहमद र मुजिबुर अलीले समान १/१ विकेट लिए । ओमान अहिले जवाफी ब्याटिङ्मा उत्रेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हर्मुज जलघाँटीमा इरानद्वारा जहाजमाथि आक्रमण
२०८३ भाद्र २५, बिहिबार
चलायमान बन्दै कोरला नाका
२०८३ भाद्र २५, बिहिबार
जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल
२०८३ भाद्र २५, बिहिबार
सुन-चाँदीको मूल्यमा ठूलो वृद्धि, सुन तोलाको ३ लाख ५ हजार ८ सय पुग्यो
२०८३ भाद्र २५, बिहिबार
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
२०८३ भाद्र २५, बिहिबार
त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो
२०८३ भाद्र २५, बिहिबार
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
२०८३ भाद्र २५, बिहिबार