भाद्र २५, २०८३ बिहिबार September 10, 2026

प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २६ गते शुक्रबार दिउँसो १ः०० बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रतिनिधिसभामा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरिएको छ ।

आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त विधेयकहरू प्रस्तुत गर्नुभएको हो ।

यसैगरी बैठकले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको थियो । उक्त विधेयक प्रस्तुत गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले छलफलमा सांसदहरूका सुझाव निकै महत्वपूर्ण आएका बताउनुभयो । साथै उहाँले एसियाली मुलुकका धेरै विशेषता समान भएकाले अनुभव कानुन निर्माणमा सहयोगी हुने धारणा व्यक्त गर्नुभयो ।

प्रस्तावमाथिको छलफलमा सांसदहरू विक्रम थापा, कृष्णहरि बुढाथोकी, प्रकाशचन्द्र परियार, पुकार बम, रेनुका काउचा, रिमा विश्वकर्मा, मनमाया विक, अनुष्का श्रेष्ठ, प्रमिलाकुमारी गच्छदार, मोहनलाल आचार्य, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव, शाहजान खातुन, प्रेमबहादुर बयक, एसुदाकुमारी बराल, युवराज दुलाल, नरेन्द्रकुमार केरुङ, गणेशबहादुर विक, गुरुप्रसाद बराल, हरिमोहन भण्डारी र सादिजा खातुन सिद्धिकीले भाग लिँदै आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

बैठकले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोजकको निधनमा शोक प्रस्ताव पारित गर्दै उहाँको सम्मानमा बैठकमा एक मिनेट मौनधारण गरिएको थियो । उहाँ २०५४ सालमा नेपाली काँग्रेसबाट राष्ट्रियसभा सदस्य बन्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २६ गते शुक्रबार दिउँसो १ः०० बजे बस्नेछ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युएई तेस्रो संस्करणको एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश
२०८३ भाद्र २५, बिहिबार
संघीय अस्पतालमा शव गृह बनाइने
२०८३ भाद्र २५, बिहिबार
ओमानमाथि ८७ रनको शानदार जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा
२०८३ भाद्र २५, बिहिबार
‘जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैन’ : सभामुख अर्याल
२०८३ भाद्र २५, बिहिबार
शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
२०८३ भाद्र २५, बिहिबार
भोटेकोशी बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित, कुन स्थानीय तह कति ? (सूची सहित)
२०८३ भाद्र २५, बिहिबार
धरानमा पहिलोपटक महिला आमन्त्रण अन्तर्राष्ट्रिय गोल्डकप हुँदै
२०८३ भाद्र २५, बिहिबार