कार्तिक २३, २०८३ सोमबार November 9, 2026

भोटेकोशी बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित, कुन स्थानीय तह कति ? (सूची सहित)

पाँच जिल्लाका १५ स्थानीय तहमा ठूलो सङ्ख्यामा घरधुरी र जनसङ्ख्या प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका पाँच जिल्लाका १५ स्थानीय तहमा ठूलो सङ्ख्यामा घरधुरी र जनसङ्ख्या प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राष्ट्रिय जनगणना, २०७८ अनुसार रसुवा, नुवाकोट, धादिङ, गोखरा र चितवनका बाढी प्रभावित क्षेत्रमा ५१ हजार ९९ घरधुरी र दुई लाख चार हजार ६०१ जनसङ्ख्या छन् ।

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र ३२ हजार ९६३ जनसङ्ख्या प्रभावित छन्, प्रभावित जनसङ्ख्यामध्ये १६ हजार ७६९ पुरुष र १६ हजार १९२ महिला छन्”, प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।

कुन जिल्लामा कति प्रभावित ? 

बाढीका कारण रसुवाका चार स्थानीय तहका १६ वटा वडा प्रभावित भएका छन् । गोसाइँकुण्ड गाउँपालिका–१, २, ३, ५ र ६ प्रभावित भएका छन् । बाढीका कारण क्षतिग्रस्त एक हजार ३०३ घर÷भवनका एक हजार ४४४ घरधुरीमा रहेका पाँच हजार ७४३ मानिस प्रभावित भएका छन् ।

कालिका गाउँपालिका–१ प्रभावित भएको छ । उक्त पालिकामा क्षतिग्रस्त ११४ भवनका ११९ घरधुरीमा रहेका ४९१ मानिस प्रभावित भएका छन् । आमाछोदिङ्मो गाउँपालिकाका–१, २, ४ र ५ प्रभावित भएका छन् । यहाँ बाढीका कारण क्षतिग्रस्त ७६ भवनका ७७ घरधुरीमा रहेका ३१३ मानिस प्रभावित भएका छन् ।

उत्तरगया गाउँपालिका-१, २, ३, ४ र ५ प्रभावित भएका छन् । बाढीका कारण क्षतिग्रस्त ६६५ भवनका ६९६ घरधुरीमा रहेका दुई हजार ७१९ मानिस प्रभावित भएका छन् ।

नुवाकोट

नुवाकोटमा चार स्थानीय तहका २१ वटा वडा प्रभावित भएका छन् । बेलकोटगढी नगरपालिका–५, ७ र ८ प्रभावित भएका छन् । प्राधिकरणका अनुसार यहाँ बाढीका कारण क्षतिग्रस्त एक हजार ८३ भवनका एक हजार १२७ घरधुरीमा रहेका चार हजार ४८३ मानिस प्रभावित भएका छन् ।

विदुर नगरपालिका–१, २, ३, ४, ५, ६, ७, ८, ९, १० र १२ प्रभावित भएका छन् । बाढीका कारण क्षतिग्रस्त यहाँका पाँच हजार २२८ भवनका पाँच हजार ९२८ घरधुरीमा रहेका २३ हजार २३० मानिस प्रभावित भएका छन् ।

किस्पाङ गाउँपालिका–५ प्रभावित भएको छ । बाढीका कारण क्षतिग्रस्त यहाँका ९०६ भवनका ९३९ घरधुरीमा रहेका तीन हजार ३८२ मानिस प्रभावित भएका छन् ।

तारकेश्वर गाउँपालिका–२ र ४ प्रभावित भएका छन् । बाढीका कारण क्षतिग्रस्त यहाँका १७८ भवनका १८५ घरधुरीमा रहेका ६६५ मानिस प्रभावित भएका छन् ।

धादिङ

धादिङ जिल्लामा चार स्थानीय तहका १९ वटा वडा प्रभावित भएका छन् । बेनीघाट रोराङ गाउँपालिका–३, ५, ७, ९ र १० प्रभावित भएका छन् । बाढीका कारण अनुमानित एक हजार ७२३ भवन क्षति भएको करिडोर तथा बफर क्षेत्रमा पर्छन् । जसमा रहेका एक हजार ९०५ घरधुरीमा आठ हजार ६८ मानिस प्रभावित भएका छन् ।

गजुरी गाउँपालिका–१, २, ५ र ६ प्रभावित भएका छन् । बाढीका कारण क्षति पुगेको करिडोर तथा बफर क्षेत्रमा ३५३ भवन, ३९६ घरधुरी र एक हजार ५८९ मानिस छन् ।

गल्छी गाउँपालिका–१, २, ४, ६ र ८ प्रभावित भएका छन् । बाढीका कारण क्षति पुगेको क्षेत्रमा ७६६ भवन, ८४० घरधुरी र तीन हजार ३६३ मानिस छन् ।

सिद्धलेक गाउँपालिका–३, ४, ६ र ७ प्रभावित भएका छन् । क्षति पुगेको क्षेत्रमा अनुमानित ७५८ भवन, ७८१ घरधुरी र तीन हजार १७० मानिस छन् ।

गोरखा

गोरखाका दुई स्थानीय तहका १० वटा वडा प्रभावित भएका छन् । गण्डकी गाउँपालिका–१, २, ६, ७ र ८ प्रभावित भएका छन् । यहाँका क्षति पुगेको क्षेत्रमा ५९३ भवन, ६१७ घरधुरी र दुई हजार ४७८ मानिस छन् ।

सहिद लखन गाउँपालिका–३ र ४ प्रभावित भएका छन् । क्षति पुगेको क्षेत्रमा १३८ भवन, १४६ घरधुरी र ५५१ मानिस छन् ।

चितवन

चितवनमा इच्छाकामना गाउँपालिका–३, ४, ५ र ६ प्रभावित भएका छन् । बाढीका कारण क्षति पुगेको करिडोर तथा बफर क्षेत्रभित्र अनुमानित ७९६ भवन छन् । जसमा ९१० घरधुरी र चार हजार ९० मानिस प्रभावित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै जनताका शत्रु हुन् : प्रेम सुवाल
२०८३ कार्तिक २४, मंगलबार
देउसी-भैलोलाई अनुशासित रुपमा सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन
२०८३ कार्तिक २३, सोमबार
परराष्ट्रमन्त्री र इथियोपियाका विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता
२०८३ कार्तिक २३, सोमबार
एनपीएलमा काठमाडौं गोर्खाजको तेस्रो जित, लुम्बिनीको अपराजित यात्रा समाप्त
२०८३ कार्तिक २३, सोमबार
छ सयभन्दा बढी गाईको सामूहिक पूजा
२०८३ कार्तिक २३, सोमबार
घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन
२०८३ कार्तिक २३, सोमबार
पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा प्रहरी छापा
२०८३ कार्तिक २३, सोमबार