भाद्र २५, २०८३ बिहिबार September 10, 2026

धरानमा पहिलोपटक महिला आमन्त्रण अन्तर्राष्ट्रिय गोल्डकप हुँदै

प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुनसरी । धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

डी–१९ क्लब धरान–१९ को आयोजनामा आगामी कात्तिक २८ देखि मङ्सिर ६ गतेसम्म धरान रङ्गशालामा रात्रिकालीन प्रतियोगिता सञ्चालन हुने भएको हो ।

महिला फुटबलको विकाससँगै स्थानीय महिला खेलाडीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नाका साथै खेलाडीलाई व्यावसायिक फुटबलतर्फ अघि बढाउन आवश्यक वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको डी–१९ क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक सन्तोष राईले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फर्वार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु १५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई इभी स्कुटर प्रदान गरिने राईले जानकारी दिनुभयो ।

प्रतियोगितामा एपिएफ क्लब काठमाडौँ, नेपाल आर्मी क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, भारतको झारखण्डस्थित आक्वा फुटबल क्लब, बागमती फुटबल क्लब, काँकडभिट्टा वुमन्स फुटबल क्लब झापा, उदयपुर फुटबल क्लब र धरानको स्वर्णिम फुटबल क्लब गरी आठ समूहको सहभागिता रहने आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युएई तेस्रो संस्करणको एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश
२०८३ भाद्र २५, बिहिबार
संघीय अस्पतालमा शव गृह बनाइने
२०८३ भाद्र २५, बिहिबार
ओमानमाथि ८७ रनको शानदार जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा
२०८३ भाद्र २५, बिहिबार
‘जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैन’ : सभामुख अर्याल
२०८३ भाद्र २५, बिहिबार
शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
२०८३ भाद्र २५, बिहिबार
भोटेकोशी बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित, कुन स्थानीय तह कति ? (सूची सहित)
२०८३ भाद्र २५, बिहिबार
धरानमा पहिलोपटक महिला आमन्त्रण अन्तर्राष्ट्रिय गोल्डकप हुँदै
२०८३ भाद्र २५, बिहिबार