भाद्र २७, २०८३ शनिबार September 12, 2026

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा

पाँच श्ययाको लेभल-१ अस्पताल नुवाकोटको विदुरमा सञ्चाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

त्रिशूली (नुवाकोट), २७ भदौः भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच श्ययाको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ ।

May be an image of one or more people, slow loris and textत्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो ।

अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै घण्टा आकस्मिक सेवासहित बहिरङ्ग (ओपिडी), वार्ड, प्रयोगशाला, औषधिलगायत सुविधा आमसर्वसाधारणले निःशुल्क पाउने व्यवस्था मिलाएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भोटेकोशी हुँदा त्रिशूली नदीमा आएको बाढीका कारण मानवीय र पशुचौपाय क्षतिपश्चात् फैलनसक्ने सङ्क्रमणजन्य रोग नियन्त्रणलाई केन्द्रित गर्दै फिल्ड अस्पताल सञ्चालनमा ल्याइएको हो ।

“बाढीपछि उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै स्वास्थ्य उपचारका लागि प्रहरीले विशेषज्ञ जनशक्ति, आवश्यक यन्त्र-उपकरणसहित औषधि सेवा निःशुल्क उपलब्ध गराएको छ”, प्रहरी नायब महानिरीक्षक पौडेलले भन्नुभयो, “बाढीले पुल बगाएकाले त्रिशूली अस्पतालको सेवा लिन रसुवा, नुवाकोट तथा त्रिशूलीका बासिन्दालाई कठिनाइ भइरहेको छ । स्वास्थ्यमा सानो समस्या देखिए उपचार गराउन अन्यत्र जिल्ला जानुपर्ने बाध्यता बनेकाले विशेषज्ञसहितको सेवा उपलब्ध गराउन विदुरमा फिल्ड अस्पताल सञ्चालन गरिएको हो ।”

May be an image of ‎one or more people and ‎text that says '‎नेपाल नेपालप्रहारी प्रहरी असपताल महाराजज काडमाडी मोटेकोशी गदीमा आएटको मिवा हराईरहेका मागरिकहर परिक्षणको ला BLOOD SAMPLE COLLE โึะ 向法 유:금o จิบะ3/ اجه 2 18S3 EE‎'‎‎विपद्पछिको अवस्था (पोष्ट डिजास्टर म्यानेजमेन्ट)मा सरुवाजन्य रोगको सङ्क्रमणको जोखिम उच्च रहेकाले सावधानी अपनाउन अपिल गरिएको छ । त्यस्तै, मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई पहिचान गरेर उपचार गर्नु प्रमुख चुनौती भएकाले मनोपरामर्शसहितको स्वास्थ्य सेवालाई प्रहरीको फिल्ड अस्पतालले प्राथमिकता दिएको छ ।

होल्डिङ सेन्टरको बसाइँमा फरक-फरक बस्तीका बासिन्दा एकैठाउँमा भेला हुँदा रोगको सक्रमण फैलन सक्ने भएकाले सावधानी अपनाउनका लागि स्वास्थ्यकर्मीमार्फत सचेत गराउँदै आइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एवं प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार शव र सिनुको दुर्गन्ध, प्रदूषित पानी, प्रतिकूल मौसमका कारण हैजा फैलने जोखिम रहेकाले त्यसलाई केन्द्रित गरेर प्रहरीको फिल्ड अस्पतालमा विशेषज्ञ चिकित्सक र आवश्यक औषधि उपलब्ध गराइएको छ ।

“विपत्पश्चात्को समयमा प्रभावितलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या प्रमुख चुनौती मानिन्छ”, प्रहरी उपरीक्षक रेग्मीले भन्नुभयो, “स्वास्थ्यसम्बन्धी देखिएका शारीरिक समस्या मात्र नभई उनीहरुको मानसिक अवस्थामा पुगेको अज्ञात प्रभावलाई नजिकबाट बुझेर समस्यालाई समाधान गराउन अस्पतालले जोड दिनेछ ।”

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कारण हराइरहेका व्यक्ति तथा भेट्टिएका बेवारिसे शव पहिचान गर्न प्रहरीले फिल्ड अस्पतालको परिसरमा डिएनए परीक्षण सेवा पनि सञ्चालनमा ल्याएको छ । बाढीमा परेर हराएका व्यक्तिको परिवारको सदस्यको नमूना सङ्कलन गर्न नेपाल प्रहरीले यसअघि काठमाडौँ पुग्नुपर्ने बाध्यता हटाई विदुरमा सम्पर्क केन्द्र सञ्चालनमा ल्याएको हो । बाढीमा परेर परिवारका सदस्य हराइरहेको भएमा डिएनए उपलब्ध गराउन सम्बन्धित परिवारलाई प्रहरीले अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमालयमा बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्यमा जोड
२०८३ भाद्र २७, शनिबार
साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो
२०८३ भाद्र २७, शनिबार
नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
२०८३ भाद्र २७, शनिबार
ठगी जाहेरीपछि पक्राउ परेका कांग्रेस नेता गुरुङ ९ दिनपछि छुटे
२०८३ भाद्र २७, शनिबार
नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण – परराष्ट्मन्त्री
२०८३ भाद्र २७, शनिबार
पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक
२०८३ भाद्र २७, शनिबार
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
२०८३ भाद्र २७, शनिबार