भाद्र २८, २०८३ आइतबार September 13, 2026

पशुपतिनाथ मन्दिर बिहान ३ बजेदेखि चारै ढोका खोलिने, सुरक्षा व्यवस्था कडा

मन्दिरमा छुट्टाछुट्टै दर्शन मार्ग र लाइनको व्यवस्था गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर सोमबार बिहान ३ बजेदेखि चारै ढोका खोलिने भएको छ। पशुपति क्षेत्र विकास कोषले तीजका दिन व्रतालु महिला तथा भक्तजनलाई सहज र सुरक्षित दर्शनको व्यवस्था मिलाएको जानकारी दिएको हो ।

कोषका अनुसार मन्दिरमा छुट्टाछुट्टै दर्शन मार्ग र लाइनको व्यवस्था गरिनेछ। भीड व्यवस्थापनका लागि मन्दिर परिसरमा आठ लाइन सञ्चालन गरिनेछ भने एकपटकमा आठ जनाले दर्शन गर्नसक्ने व्यवस्था हुनेछ।

तीजलाई व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालन गरिनेछ। पाकेटमारी तथा अन्य गतिविधि नियन्त्रणका लागि सादा पोसाकमा प्रहरी खटाइनेछ।

पशुपति क्षेत्रमा मांस, मदिरा तथा लागू पदार्थको बिक्री–वितरण र सेवनमा रोक लगाइनेछ। साथै, कोषले दर्शनका लागि कुनै पनि प्रकारको पास आवश्यक नरहेको स्पष्ट पारेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
२०८३ भाद्र २८, आइतबार
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार