भाद्र २८, २०८३ आइतबार September 13, 2026

मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

धादिङका उनबहादुर स्याङ्तान र मकवानपुरका दिपेश मोक्तान प्रहरी वृत्त स्वयम्भूको फन्दामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २८ भदौः प्रहरीले मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५, स्वयम्भू भगवानपाउँबाट यही भदौ ९ गते चोरी भएको मोटरसाइकल खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा धादिङका उनबहादुर स्याङ्तान र मकवानपुरका दिपेश मोक्तान रहेका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट स्वयम्भू बुद्धपार्कबाट चोरी भएको दुईवटा मोटरसाइकल, टी आकारको मास्टर चाबी एक थान तथा मोबाइल फोन दुई थान बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया