भाद्र २८, २०८३ आइतबार September 13, 2026

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

उपकरणका कारण अस्पतालमा स्वास्थ्य परीक्षण गर्न सहज हुने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा। कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले रु ३० लाख बराबरका स्वास्थ्य उपकरण प्रदान गरेको छ ।

झापाली समाजका संस्थापक अध्यक्ष दिनेशकुमार पोखरेलका अनुसार अस्पताललाई एउटा अल्ट्रासाउण्ड मेसिन र बायो रेड डी मेसिन प्रदान गरिएको हो । सो उपकरण अध्यक्ष पोखरेलले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललाई हस्तान्तरण गर्नुभयो ।

काठमाडौँस्थित लिमिनल हेल्थकेयर प्रालिले समाजलाई उपलब्ध गराएको उपकरण आवश्यकताको पहिचान गरी कन्काइ नगरपालिकालाई हस्तान्तरण गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

उपकरणका कारण अस्पतालमा स्वास्थ्य परीक्षण गर्न सहज हुने अपेक्षा गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया