भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा

आगामी असोज ३ देखि १८ गतेसम्म जापानको आइची नायोगमा २०औँ एसियाली खेलकुद प्रतियोगिता हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३० भदौः नेपाल क्रिकेट सङ्घ (क्यान)ले जापानमा आगामी असोजमा आयोजना  हुने २० औँ एसियाली खेलकुद प्रतियोगिताका लागि आज नेपाली पुरुष क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले सार्वजनिक गरेको टोलीमा दीपेन्द्रसिंह ऐरीलाई कप्तानको जिम्मेवारी दिइएको छ । त्यस्तै टोलीका अन्य खेलाडीमा कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललितराज राजवंशी र शेर मल्ल रहेका छ्न ।

आगामी असोज ३ देखि १८ गतेसम्म जापानको आइची नायोगमा २०औँ एसियाली खेलकुद प्रतियोगिता हुँदै छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया