काठमाडौंः जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइको बरियता एक नम्बरमा रहने भएको छ । पार्टीको संघीय परिषद्को अध्यक्षमा डाबाबुराम भट्टराईलाई जिम्मेवारी दिइएसंगै उनी पार्टीको वरियताक्रमको एक नम्बरमा रहने पार्टी स्रोतले जनाएको छ ।
पार्टी दार्ता गर्ने क्रममा उनले आफूलाई एक नम्बरमा राख्न भनेका थिए तर महन्थ ठाकुरले त्यतिबेला मानेका थिएनन् । उनको पदबारे विवाद भएपछि आफू संघीय परिषद्का अध्यक्षमा नबस्ने बरु वरिष्ठ नेतामा बस्ने भन्दै संघीय परिषदको अध्यक्षमा टिपेक्स लगाएर वरिष्ठ नेतामा चित्त बुझाएका थिए ।
तर अहिले कार्यकारिणी समितिको बैठकले उनलाई संघीय परिषद्को अध्यक्ष दिएर वरियताक्रमको एक नम्बरमा राखेको छ ।
त्यसैगरी, बैठकले ७७९ सदस्यीय केन्द्रीय समितिको पनि घोषणा गरेको छ । यसअघि ७०१ सदस्यीय कार्यसमिति प्रावधान थियो तर केन्द्रीय सदस्यहरुको आकाँक्षी बढेपछि विधान संशोधन गरेर सङ्ख्या बढाएर ८०१ सदस्यीय गरेको छ ।
दुईजना पछि मनोनित गर्ने बताइएको छ । बैठकले विभिन्न विभाग र आयोगमा कार्यविभाजन पनि गरेको छ । २९ वटा विभाग बनेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया