मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने

नेपाल र बङ्लादेशबीचको द्विपक्षीय शृङ्खला आउँदो चैत महिनाको १२, १४ र १६ गते आयोजना हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १ असोजः नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले बङ्लादेशविरुद्ध पहिलोपटक टी–२० अन्तरराष्ट्रिय शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ अनुसार नेपाल र बङ्लादेशबीचको द्विपक्षीय शृङ्खला आउँदो चैत महिनाको १२, १४ र १६ गते आयोजना हुने भएको हो ।

क्यानका सचिव पारस खड्काले भोटेकोशी बाढीमा मृत्यु भएकाको सम्झनामा नेपालले बङ्लादेशविरुद्ध सिरिज खेल्ने निश्चित भएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

“आगामी मार्चमा हुने नेपाल र बङ्गलादेशबीचको क्रिकेट शृङ्खला नेपालमा हालै आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको स्मृतिमा समर्पित गरिने जानकारी गराउन पाउँदा खुसी छौँ”, पारसले बुधबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा पनि लेख्नुभएको छ, “क्रिकेटभन्दा टाढा यो शृङ्खलाले नेपाल र बङ्लादेशबीच ऐक्यबद्धता, करुणा र मित्रताको सन्देश प्रवाह गर्नेछ । दुई छिमेकी राष्ट्र नेपाल र बङ्लादेशबीच जनस्तरमा बलियो सम्बन्ध रहनुका साथै क्रिकेटप्रति पनि समान प्रेम छ ।”

सचिव खड्काले शृङ्खला खेल्न तयार भएकामा बङ्लादेश क्रिकेट बोर्डप्रति आभारसमेत व्यक्त गर्नुभएको छ । नेपाल र बङ्लादेशबीचको शृङ्खला कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्टेडियममा हुने क्यानले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार
बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन
२०८३ मंग्सिर ३, बिहिबार
एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा
२०८३ मंग्सिर ३, बिहिबार