श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पत्रकारलाई पैसा बाँडेको आरोपबारे बोल्यो डा.शशाङ्क कोइरालाको सचिवालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: कांग्रेस महामन्त्री डा.शशाङ्क कोइरालाका निजी सचिव भरत तिवारीले  भुलबस पत्रकारका हातमा पैसा पुगेको स्पष्टीकरण दिएका छन् ।

केही सञ्चारमाध्याममा कांग्रेस महामन्त्री कोइरालासँग जोडेर पत्रकारलाई दशैं खर्च दिइएको समाचार बाहिर आएपछि सचिव तिवारीले सामाजिक सञ्जाल फेसबुक पेजबाट उक्त्त घटना गल्तिबश भएको स्पष्टीकरण दिएका हुन् ।

तिवारीले राजकुमार नामका आफ्नो आफन्तलाई केहि दिनअघि दसैं खर्च मागेकोले आफु सो खर्च दिन पुग्दा असाबधानीबश गलत नम्बरमा कल गएको र हतारमा गरिएको सम्वादका कारण भूलवस कल रिसिभ गर्ने व्यक्तिले कार्यालय सहयोगी पठाइदिँदा ती सहयोगीको हातमा रकम पर्न गएको स्पष्ट पारेका छन् ।

तिवारीका अनुसार आफु समग्र पत्रकारिता र मिडिया क्षेत्रको व्यवसायिक गरिमा र मर्यादाप्रति म सचेत र संवेदनशील रहेको स्मरण गराउंदै,  हतारमा गरिएको कल डायलले रङ्ग नम्वरमा सम्वाद हुनपुगी भूलवश त्यो सहयोग मैले ती सहयोगीको हातमा पठाएको हुँ। सहयोग लिने व्यक्तिको पहिचान गर्ने क्रममा म बाट कमजोरी तथा त्रुटी  भएको हो। यसबारेमा कांग्रेसका महामन्‍त्री डा शशाङ्क कोइरालालाई कुनै जानकारी नभएको, यो कोईरालाको सरोकारको विषय पनि नभएकोले यो विषयलाई महामन्‍त्री कोइरालासँग जोडेर समाचार सम्रपेषण नगरिदिन आग्रह गर्दै, स्पष्टिकरण दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार