काठमाण्डौं । यूइएफए युरोपा लिगमा इटालियन क्लब युभेन्ट्सले विजयी सुरुवात गरेको छ ।
घरेलु मैदान एलियान्ज स्टेडियममा भएको खेलमा युभेन्ट्सले पाहुना टोली एनईसी निजमेगेनमाथि ५-० को फराकिलो जित निकालेको हो ।
युभेन्ट्सको जितमा निकोलस गोन्जालेज, जेकी चेलिक, केरिम अलाजबेगोभिच, निक वोल्टमाडे र रान्डाल कोलो मुआनीले समान एक-एक गोल गरे ।
खेलको नवौँ मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । खेलको २४औँ मिनेटमा केरिम अलाजबेगोभिचले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।
खेलको ३५औँ मिनेटमा पेनाल्टीमार्फत निक वोल्टमाडेले गोल गर्दै पहिलो हाफमा युभेन्ट्सलाई ३-० को अग्रता दिलाए । पहिलो हाफमा ३-० को अग्रता लिएको युभेन्ट्सले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।
खेलको ७५औँ मिनेटमा जेकी चेलिकले गोल गर्दै युभेन्ट्सको अग्रता ४-० को स्थितिमा पुर्याए । त्यसपछि खेलको ८२औँ मिनेटमा रान्डाल कोलो मुआनीले गोल गर्दै युभेन्ट्सलाई ५-० गोलअन्तरको फराकिलो जित दिलाए ।
जितसँगै युभेन्ट्सले युरोपा लिगमा विजयी सुरुवात गरेको छ । एनईसी निजमेगेनले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया