कार्तिक २८, २०८३ शनिबार November 14, 2026

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

आजदेखि सुरु भएको लाखेनाच यही असोज ८ गते पुनः देखाउँदै भक्तपुर नगर परिक्रमा गराइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर, ३ असोजः इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ । वर्षौँदेखिको यो परम्परा हराउन थालेपछि धेरै वर्षपछि आज पहिलो दिन चाँगुनारायण नगरपालिकास्थित लाखेडोलबाट पूजाअर्चना गरी लाखे निकालिएको हो ।

इन्द्रजात्राका लागि लाखे निकाल्ने परम्परा हराउन थालेपछि भक्तपुरका रञ्जितकार समाजले लाखेनाच निकाल्न सुरु गरेको हो । खरिपाटीदेखि कमलविनायक हुँदै गोलमढीस्थित लाखे द्यो छेसम्म लाखेनाच देखाइएको हो । नेवार समुदायको सांस्कृतिक परम्परा, धार्मिक आस्था र ऐतिहासिक किंवदन्तीसँग जोडिएको यो जात्रा भक्तपुरमा विशेष महत्वका साथ मनाउने गरिन्छ । सिम्रौनगढका राजा हरिसिंहदेव तथा तलेजु भवानीसँग जोडिएको ख्वपः लाखेको इतिहास रहेको बताइन्छ ।

तेह्रौँ शताब्दीतिर बङ्गाली मुस्लिम शासक गयासुद्दिन तुगलकको आक्रमणपछि सिम्रौनगढबाट पलायन भएका हरिसिंहदेव भक्तपुरतर्फ आउँदा बाटोमै निधन भएको र उनकी रानी देवलदेवी तथा राजकुमार जगतसिंहदेव भक्तपुर आइपुगेको संस्कृतिकर्मी गोपालराज जोशीले जानकारी दिनुभयो ।

सिम्रौनगढबाट तान्त्रिक विधिबाट भक्तपुर ल्याइएको तलेजु भवानीसँगै लाखे पनि आएको मान्यता रहेको बताउँदै उहाँले तलेजु भवानीको गण तथा रक्षकका रूपमा लाखेलाई लिइने भएकाले भक्तपुरको लाखे परम्परालाई तलेजु संस्कृतिसँग जोडेर हेर्ने गरिएको बताउनुभयो । लाखे तलेजु भवानीको रक्षक गण तथा असल चरित्रको भएको निष्कर्षपछि केही शर्तसहित नगर प्रवेशको अनुमति दिइएको किंवदन्ती रहेको र येन्या पुन्हीका दिन लाखेले राजमाता इन्द्रायणीसँगै भक्तपुर नगर परिक्रमा गरेको तथा इन्द्रसिद्धि विनायकको छत्रछायाँमा रहने परम्परा बसेको जनविश्वास रहेको उहाँले बताउनुभयो ।

आजदेखि सुरु भएको लाखेनाच यही असोज ८ गते पुनः देखाउँदै भक्तपुर नगर परिक्रमा गराइने भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार