असोज ४, २०८३ आइतबार September 20, 2026

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

बलाधिकृत रथी प्रदीप जङ्ग केसीले विजेता नेपाल पुलिस स्कुललाई रु ५० हजार नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर, ३ असोजः यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको उपाधि नेपाल पुलिस स्कुल, साँगाले हात पारेको छ । सैनिक आवासीय महाविद्यालय सल्लाघारी (भक्तपुर)को आयोजनामा सञ्चालन भएको २२औँ सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको महाविद्यालयको घरेलु मैदानमा भएको फाइनल खेलमा महाविद्यालयलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस स्कुल, साँगाले उपाधि हात पारेको हो ।

May be an image of text that says 'Estd. 2043 B.S. d SAM TEP STERSCIOLR SC 10 RUI お野ん FOL 083 KEUNg WINNR 焼 SATINIKAWASYAMAWVIDYALAYA VIDYALAYA SAINIK AWASIYA 22 SAMB INTER-SCHOOL SANBINTER-SCHOOLRUN RUNI UTBALL TROPH Nepal Police &ehoo NEPAL NEPALPOLICES POLICE SCHOOL, SANGA, KAVRE NEPAL POLICE SCHOOL, SANGA, KAVRE LTBA Rs. 50,000/- NEPALPOLICE NEPAL POLICE SCHOOL'आज यहाँ आयोजित समापन कार्यक्रम कायममुकायम प्रधानसेनापति बलाधिकृत रथी प्रदीप जङ्ग केसीले विजेता नेपाल पुलिस स्कुललाई रु ५० हजार नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले उपविजेता सैनिक आवासीय महाविद्यालय रातोलाई रु ३० हजार नगद पुरस्कारसहित रनरअप ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूलाई  विभिन्न विधामा पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

पुरस्कार वितरणपछि कायम मुकायम प्रधान सेनापति बलाधिकृत केसीले विद्यार्थी जीवनमा खेलकुदको महत्त्व, अनुशासन, टोली भावना तथा स्वस्थ प्रतिस्पर्धाले व्यक्तित्व विकासमा पुर्‍याउने योगदान महत्वपूर्ण हुने बताउनुभयो । २२औँ संस्करणको यस प्रतियोगिताले विद्यालयस्तरमा फुटबल खेलको प्रवर्द्धन गर्नुका साथै प्रतिभावान खेलाडीको पहिचान र विकास, विद्यार्थीहरूबीच आपसी भाइचारा तथा सौहार्दपूर्ण सम्बन्ध विस्तार र खेलकुदमार्फत अनुशासित एवं स्वस्थ जीवनशैलीको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उहाँले बताउनुभयो ।

May be an image of text that says '熟込 NEPOLIC POLICE SCHOOL, SANGA, OL,SANGA,KAVRE KAVRE Hn NEPALPOLICESCHOOL, POLICE SCHOOL, SANGA, KAVRE NEPALPOLICESCHOOL NEPAL POLICE SCHOOL'विद्यालयस्तरीय फुटबल खेलको विकास तथा विद्यार्थीहरूमा खेलकुद भावना, अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा श्री सैनिक आवासीय महाविद्यालयका दुई टिमसहित उपत्यकाका विभिन्न विद्यालयका जम्मा १२ समूह सहभागी भएका महाविद्यालयका व्यवस्थापन प्रमुख कर्नेल शिव पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताका लिग तथा नकआउट चरणमा गरी कूल १९ वटा खेल सञ्चालन भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया