असोज ५, २०८३ सोमबार September 21, 2026

२०औं एसियाली खेलकुद : चीन २३ स्वर्णसहित शीर्षस्थानमा

दक्षिण कोरिया ५ स्वर्ण, ३ रजत र १५ कांस्यसहित २३ पदक जितेर तेस्रो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । जापानको आइची–नागोयामा जारी २०औं एसियाली खेलकुदको दोस्रो दिनसम्म चीन पदक तालिकाको शीर्षस्थानमा रहेको छ ।

चीनले दोस्रो दिनसम्म २३ स्वर्ण, १० रजत र ५ कांस्यसहित कुल ३८ पदक जितेको हो । आयोजक जापान भने ८ स्वर्ण, १२ रजत र १२ कांस्यसहित ३२ पदकका साथ दोस्रो स्थानमा छ ।

दक्षिण कोरिया ५ स्वर्ण, ३ रजत र १५ कांस्यसहित २३ पदक जितेर तेस्रो स्थानमा रहेको छ। कजाकिस्तान ४ स्वर्ण, १ रजत र ३ कांस्यसहित ८ पदकका साथ चौथो तथा थाइल्यान्ड ३ स्वर्ण, १ रजत र ४ पदकसहित पाँचौं स्थानमा छ ।

हङकङले २ स्वर्ण, ३ रजत र ३ कांस्यसहित ८ पदक जितेको छ भने चाइनिज ताइपेईले १ स्वर्ण, ३ रजत र २ कांस्यसहित ६ पदक हात पारेको छ । मकाउ १ स्वर्ण र ३ रजतसहित ४ पदकका साथ आठौं स्थानमा छ ।

दोस्रो दिनसम्म म्यानमार र उज्वेकिस्तानले समान १ स्वर्ण, १ रजत र १ कांस्यसहित ३–३ पदक जितेका छन्। कुवेतले १ स्वर्ण र २ कांस्यसहित ३ पदक हात पारेको छ ।

भारतले अहिलेसम्म स्वर्ण जित्न नसके पनि ४ रजत र २ कांस्यसहित ६ पदक जित्दै १२औं स्थानमा रहेको छ । इन्डोनेसिया १ रजत र ६ कांस्यसहित ७ पदकका साथ १३औं स्थानमा छ ।

नेपाल भने दोस्रो दिनसम्म पदक तालिकामा समावेश हुन सकेको छैन ।

दोस्रो दिनसम्म २९ राष्ट्रले कम्तीमा एक पदक जितेका छन् । पदक तालिकामा चीनले स्वर्ण संख्यामा स्पष्ट अग्रता बनाएको छ भने जापान र दक्षिण कोरिया क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

अक्टोबर ४ सम्म सञ्चालन हुने प्रतियोगितामा ४३ खेलका ७१ विधामा कुल ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ भने विभिन्न खेलका १ हजार ४०७ पदक वितरण गरिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया