असोज ९, २०८३ शुक्रबार September 25, 2026

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै

पौराणिक मान्यता अनुसार शत्रुमाथि विजय प्राप्त गरेपछि खुसीयाली मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउन थालिएको जनविश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं।  वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा परम्परागत इन्द्रजात्रा पर्व मनाइँदै छ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो ऐतिहासिक तथा सांस्कृतिक पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका क्षेत्रमा भव्यताका साथ मनाउने गरिन्छ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदैभाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि (इन्द्रध्वजोत्थान) औपचारिक रूपमा प्रारम्भ हुने यो जात्रा आठ दिनसम्म मनाउने प्रचलन रहेको छ। इन्द्रजात्रका अवसरमा सरकारले काठमाडौं उपत्यकामा आज सार्वजनिक विदा पनि दिएको छ।

सो क्रममा लिंगोको फेदमा भैरवको पूजाआजा गर्नुका साथै विभिन्न प्रकारका परम्परागत नाचगान, जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा तथा देवीदेवताको पूजा-आराधना गर्ने गरिन्छ।

पौराणिक मान्यता अनुसार शत्रुमाथि विजय प्राप्त गरेपछि खुसीयाली मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउन थालिएको विश्वास गरिन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः स्वास्थ्यमन्त्री मेहता
२०८३ असोज ९, शुक्रबार
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार