असोज ११, २०८३ आइतबार September 27, 2026

गणेश भगवानको दर्शन गर्दै, हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल

मीनलाई यो साता मिष्ठान्न भोजन, उत्तम वस्त्र तथा उपहार हात लाग्ने योग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सोमबार बिहानसम्मको समय मध्यम रहेकोले खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा वृद्धि हुने योग रहेको छ । आफ्नै मानिसलाई विश्वास गर्दा धोका पाइनेछ । देश भित्रको यात्रा गर्दा ध्यान दिनुहोला । सोमबार मध्यान्हबाट व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी बढाई नाफा कमाउन सकिनेछ । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि भई नाफा कमाउन सकिनेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा राम्रो प्रगति गरी सफलताको मार्गमा अगाडी बढ्न सकिनेछ । शेयर बजार तथा व्यापारबाट मनग्गे फाइदा हुनेछ । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि भई नाफा कमाउन सकिनेछ । घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । विभिन्न किसिममा भौतिक सम्पत्ति लाभ हुनेछ भने सवारी साधन प्राप्तिको योग रहेको छ । कलाकारिता तथा सङ्गीत पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ । कामको सिलसिलामा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरूका लागि आजको दिन फलदायी रहनेछ । तर पनि देश भित्रको यात्रा गर्दा बाहिरी वातावरण तथा मौसमको ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । विभिन्न ठाउँबाट कामका प्रस्तावहरू आउनेछ भने प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् । विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो नाफा कमाउन सकिनेछ । सामाजिक काम गरी छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने साथीभाइ सँगको सम्बन्धमा विश्वासको वातावरण बन्नेछ । साताको अन्त अर्थात बिहीबारबाट स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्ने बानिले कामहरू बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले विशिष्ट व्यक्तिहरूको बिचारले प्रभावित बनाउनेछ । सामाजिक कामका विशेष रुचि बढ्नेछ भने राजनीति तथा समाजसेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि भई नाफा कमाउन सकिनेछ । शिक्षा सँग सम्बन्धित कामबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रणय सम्बन्धमा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । छोटो दुरीको धार्मिक यात्राको तय हुनेछ । मङ्गलवार र बुधबार जानकारीको अभावले कामहरू बिग्रनेछ भने आलोचनाको सिकार होइनेछ । आर्थिक पक्ष कमजोर रहनेछ । आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो पर्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सोमबार बिहान सम्मको समय मध्यम रहेकोले व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । सोमबार मध्यान्हबाट सानो प्रयत्नले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ । धार्मिक यात्रा हुने प्रबल सम्भावना रहेको छ । किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।  समाजसेवा तथा राजनीतिमा समय दिनेहरूले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईंको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि भई नाफा कमाउन सकिनेछ । प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । घुमफिर तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू हुनेछन् । राज्यको नजिक भई काम गर्नेहरूले आर्थिक लाभ प्राप्त गर्ने समय रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरणको बलियो योग रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । मङ्गलवार र बुधबारको समय  मध्यम  व्यक्तिगत स्वास्थ्य तथा वैराग्य भाव त्यागेर अगाडी बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला । आलस्य तथा थकानको अनुभूति हुनेछ भने दिनभर परिश्रम गरे पनि न्यून उपलब्धि हासिल हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साताको सुरु र अन्तको समय राम्रो रहेकोले न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । विद्या तथा कुनै पनि प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानी फस्टाएर जाने हुनाले आर्थिक मुद्दाहरू सहजै हल भएर जानेछन् । पुराना ऋण तथा रोगबाट मुक्ति पाउने समय रहेको छ ।  माया प्रेममा एक अर्कालाई विश्वास गर्दै नयाँ ठाउँको यात्रामा निस्कन सकिनेछ । आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । बिहीबारबाट व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) साताको सुरु र अन्तको समय राम्रो रहेकोले भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि भई नाफा कमाउन सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । मङ्गलवार र बुधबार मुद्दा मामिला तथा यस्तै क्रियाकलापमा सामेल नहुनु नै राम्रो रहेको छ । आफन्त तथा कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेको छ । शत्रुहरूले टाउको उठाउन खोज्नेछन् ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सोमबार बिहानसम्मको समय मध्यम रहेकोले घर परिवार तथा आफन्तका बिच देखिने तिक्तता हल गर्दै राम्रा काम गर्न सकिनेछ । बिलासी तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । सोमबार मध्यान्हबाट उपहारका रूपमा बिलासी वस्तु हात लागी हुनेछ । प्रेम सम्बन्ध सुदृढ हुने तथा छुट्टिएका सम्बन्ध पुनः सुचारु हुने योग रहेको छ ।  मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुने समय रहेको छ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईँको नाम अग्र स्थानमा आउनेछ । व्यापार  तथा शेयर बजारको लगानी फस्टाएर जाने हुनाले मनग्गे अर्थ सङ्ग्रह गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई हराउँदै अग्र पंत्तिमा आउन सकिनेछ ।  पुराना ऋण तथा समस्याहरू हल भएर जानेछ । मामा तथा मावली पक्षको  सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साताको समय राम्रो रहेकोले न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग, शेयर बजार तथा व्यापारको लगानी फस्टाएर जानेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पत्ति हात लागी हुनेछ । नोकरीमा पदोन्नति हुने योग रहेको छ । सन्तान तथा आफन्तको सहयोग पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा काम गर्नेहरुका लागी समय उत्तम रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साताको समय मिश्रित रहेकोले सर सापटी दिइएका रुपैयाँ पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । बोलीकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्ठान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । तर पनि दाजुभाइ तथा छिमेकीसँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । छोटो यात्रा हुने भए पनि यात्राका क्रममा विभिन्न बाधा अवरोधहरूको सामना गर्नुपर्नेछ । न्यायालय हुने न्यायिक निर्णयहरू तपाईँको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साताको समय राम्रो रहेकोले मिष्ठान्न भोजन, उत्तम वस्त्र तथा उपहार हात लाग्ने योग रहेको छ । शेयर बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि भई नाफा कमाउन सकिनेछ । कार्यक्षेत्रमा तपाईँको बोलीको प्रभावले महत्त्वपूर्ण अर्थ राख्दछ । कार्यक्षेत्रमा तपाईँको कामदेखेर सबै जना प्रसन्न हुनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्नी बिच एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नातागोताको सहयोगले सुरु गरेको कामहरू स्वतः स्फूर्त रूपमा अगाडी बढ्नेछन् । अध्ययनमा अरूभन्दा एक कदम अगाडी बढी पुरस्कार तथा प्रशंसा पत्र आफूतिर ल्याउन सकिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया