कार्तिक २८, २०८३ शनिबार November 14, 2026

लगातारको वर्षाले अनन्ते मेला प्रभावित

असोज ११ र १२ गते लाग्ने मेला वर्षाका कारण अब असोज १५ र १६ गते लाग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बाजुरा, ११ असोजः सदरमुकाम मार्तडीलगायतका क्षेत्रमा हरेक वर्ष लाग्ने स्थानीय सांस्कृतिक पर्व अनन्ते मेला लगातारको वर्षाले प्रभावित भएको छ । शनिबारबाट विधिवत् रूपमा सुरु भएर असोज ११ र १२ गते लाग्ने मेला वर्षाका कारण अब असोज १५ र १६ गते लाग्ने भएको हो ।

सदरमुकाम मार्तडीमा लाग्ने अनन्ते मेलालाई व्यवस्थित र मर्यादित बनाउन शनिबार बडिमालिका नगरपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले मेला लाग्ने मिति परिवर्तन गरेको छ । बैठकले वडाध्यक्ष थापाको संयोजकत्वमा सात सदस्यीय मेला व्यवस्थापन समिति गठन गर्दै सो अवधिभर मदिरा बिक्रीवितरण तथा सेवन गरी मेला बिथोल्ने प्रयास गरे प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको छ ।

यहाँ अनन्ते मेलालाई दसैँपछिको ठूलो महत्त्वपूर्ण पर्वका रूपमा मनाइने गरिन्छ । तीन दिनदेखि पाँच दिनसम्म लाग्ने मेला महाभारतमा कौरवसँगको लडाइँमा पाण्डवहरूले विजय हासिल गरेको खुसीयालीमा पाण्डवका पक्षमा तथा न्यायका पक्षधरहरूले विजयी उत्सवका रूपमा मनाउने गरेको स्थानीय जानकार शेरबहादुर रावलले बताउनुभयो । उहाँका अनुसार मेलामा लाखे नाच, मागल, पाण्डवको युद्धको कौशल, लडाइँको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा गरिन्छ । मेला हिन्दूहरूले मान्ने सोह्र श्राद्ध सुरु भएकै दिनबाट सुरु हुन्छ ।

अन्यायको अन्त्य भन्ने शब्द अपभं्रस भएर अनन्ते शब्दको उत्पत्ति भएको किंवदन्ती रहेको छ । व्रतबन्ध अनन्त धारणा गर्ने परम्परा रहेकाले यो पर्व पूर्णिमाको दिनबाट सुरु भएर भगवान्को भजनकीर्तन र महापुरुषले गरेका कल्याणकारी कार्यलाई समुदायबीच गीत मागलसँगै बिजुराका गाथाको माध्यमद्वारा मेला मनाउने गरेको रावलले बताउनुभयो । संस्कृतिको जगेर्नासँगै आफन्तसँगको भेटघाट र मित्रताको सुरुआतको सङ्केतका रूपमा पनि अनन्ते पर्वलाई मनाउने गरिन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार