असोज १२, २०८३ सोमबार September 28, 2026

क्रिकेटर शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध

आगामी सिजनमा अझ प्रभावकारी प्रदर्शन गर्ने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि विराटनगर किङ्गसले भारतीय मूलका अमेरिकी अन्तर्राष्ट्रिय क्रिकेटर शुभम रांजणेलाई टोलीमा पुनःअनुबन्ध गरेको छ ।

रांजणेले एनपिएलको दोस्रो संस्करणमा विराटनगर किङ्ग्सबाट प्रभावशाली प्रदर्शन गरेका थिए । उनले चार खेलमा ८७ रन बनाउँदै टोलीको ब्याटिङमा महत्त्वपूर्ण योगदान दिएका थिए । उनको ब्याटिङ औसत २९ तथा स्ट्राइक रेट १२९ दशमलव ८५ रहेको थियो । प्रतियोगिताका क्रममा उनले पाँच चौका र चार छक्का प्रहार गरेका थिए ।

ब्याटिङसँगै बलिङमा समेत योगदान दिएका रांजणेले दोस्रो संस्करणमा १० ओभर बलिङ गर्दै पाँच विकेट लिएका थिए । उनको यही बहुआयामिक क्षमताका कारण विराटनगर किङ्ग्सले तेस्रो संस्करणका लागि उनलाई पुनः टोलीमा समावेश गरेको हो ।

विराटनगर किङ्ग्स व्यवस्थापनले रांजणेको अनुभव, बहुआयामिक क्षमता र दबाबको अवस्थामा प्रदर्शन गर्न सक्ने क्षमतालाई टोलीका लागि महत्त्वपूर्ण पक्षका रूपमा लिएको जनाएको छ । टोली व्यवस्थापनका अनुसार रांजणेले आवश्यकताअनुसार ब्याटिङ र बलिङ दुवैमा भूमिका निर्वाह गर्न सक्ने भएकाले उनको उपस्थितिले टोलीलाई थप मजबुत बनाउनेछ । टोलीमा पुनः आबद्ध भएपछि रांजणेले पनि खुसी व्यक्त गर्दै आगामी सिजनमा अझ प्रभावकारी प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन् ।

“विराटनगर किङ्ग्ससँग फेरि जोडिन पाउँदा म निकै उत्साहित छु । गत संस्करणको अनुभव विशेष थियो र टोलीसँगको सम्बन्ध पनि निकै राम्रो रह्यो । अब तेस्रो संस्करणमा अझ राम्रो प्रदर्शन गर्दै टोलीको लक्ष्य पूरा गर्न योगदान दिने मेरो प्रयास हुनेछ”, रांजणेले भने ।

उनले एनपीएल नेपाली तथा विदेशी खेलाडीका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट मञ्च बनेको उल्लेख गर्दै विराटनगर किंग्सले आफूमाथि देखाएको विश्वासप्रति आभार व्यक्त गरे । नेपालमा क्रिकेटप्रतिको बढ्दो क्रेज र समर्थकहरूको उत्साहले आफू प्रभावित भएको पनि उनले बताए ।

रांजणेले घरेलु, अन्तर्राष्ट्रिय तथा विभिन्न फ्रेन्चाइज प्रतियोगितामा लामो अनुभव बटुलेका छन् । उनले आफ्नो करियरमा मुम्बई, महाराष्ट्र, गोवा, राजस्थान रोयल्स, सियाटल ओर्कास, टेक्सास सुपर किङ्ग्स, जोबर्ग सुपर किङ्ग्स, शारजाह वारियर्स तथा ढाका क्यापिटल्सलगायत टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् । क्रिकेट पृष्ठभूमि भएको परिवारबाट आएका रांजणे भारतका पूर्वक्रिकेटर वसन्त रांजणेका नाति तथा महाराष्ट्र र भारत यु-१९ बाट खेलिसकेका सुभाष रांजणेका छोरा हुन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै
२०८३ असोज १२, सोमबार
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार
पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु
२०८३ असोज १२, सोमबार
अविरल वर्षाले विद्युत् संरचनामा क्षति
२०८३ असोज १२, सोमबार