असोज १३, २०८३ मंगलबार September 29, 2026

दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, अस्ट्रेलियाविरुद्ध एक खेल अगावै सिरिज कब्जा

बावुमा र मिलरको शतकीय साझेदारीमा दक्षिण अफ्रिकाको जित, सिरिज २–०

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं।  दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा ३२ रनको जित हात पारेको छ । जितसँगै दक्षिण अफ्रिकाले सिरिजमा २–० को अग्रता बनाउँदै एक खेल बाँकी छँदै सिरिज आफ्नो पक्षमा पारेको छ ।

जोहानेसबर्गमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३६५ रनको विशाल योगफल बनाएको थियो । दक्षिण अफ्रिकाका कप्तान तेम्बा बावुमाले ११६ बलमा १०३ रन बनाए भने डेभिड मिलरले आक्रामक ब्याटिङ गर्दै ९३ बलमा १४२ रनको शानदार पारी खेलेका थिए । मिलरले आफ्नो पारीमा १२ चौका र ९ छक्का प्रहार गरेका थिए । बावुमा र मिलरले चौथो विकेटका लागि १५६ रनको महत्वपूर्ण साझेदारी गर्दै दक्षिण अफ्रिकालाई बलियो अवस्थामा पुर्‍याएका थिए ।

३६६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले सुरुवात भने उत्कृष्ट गरेको थियो । मिचेल मार्स र ट्राभिस हेडले पहिलो विकेटका लागि १३० रनको साझेदारी गरेका थिए । दुवैले समान ८४ रन बनाए । मार्सले ५३ बलमा १० चौका र ५ छक्का प्रहार गरेका थिए भने हेडले ७६ बलमा १२ चौका र एक छक्का प्रहार गरे ।

तर ओपनरद्वय आउट भएपछि अस्ट्रेलियाको मध्यक्रम दक्षिण अफ्रिकाका स्पिनरविरुद्ध टिक्न सकेन । अस्ट्रेलियाका जाभियर बार्टलेटले २८ बलमा ५० रन बनाएर खेलमा पुनः आशा जगाए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन् । अस्ट्रेलिया ४९ ओभर ५ बलमा ३३३ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका लिजाड विलियम्सले ३ विकेट लिए भने केशव महाराज र ब्योर्न फोर्टुइनले समान २–२ विकेट लिए ।

दक्षिण अफ्रिकाका लागि १४२ रनको उत्कृष्ट पारी खेलेका डेभिड मिलर खेलको उत्कृष्ट खेलाडी घोषित भए । दक्षिण अफ्रिकाले लगातार दोस्रो खेलमा अस्ट्रेलियालाई पराजित गर्दै तीन खेलको सिरिज २–० ले जितिसकेको छ । अब तेस्रो तथा अन्तिम एकदिवसीय खेल बुधबार पोट्चेफस्ट्रुममा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ असोज १३, मंगलबार
११ सय मेगावाटभन्दा बढी विद्युत् आयातको तयारी
२०८३ असोज १३, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज १३, मंगलबार
आज मंगलबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १३, मंगलबार
वन्यजन्तु अपराध नियन्त्रणका लागि पत्रकार र संरक्षणकर्मीबीच छलफल
२०८३ असोज १३, मंगलबार
कर्णाली प्रदेशसभा सदस्य शर्मा पदमुक्त
२०८३ असोज १३, मंगलबार
दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, अस्ट्रेलियाविरुद्ध एक खेल अगावै सिरिज कब्जा
२०८३ असोज १३, मंगलबार