असोज १४, २०८३ बुधबार September 30, 2026

एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान

पाँच हजार मिटरको दूरी १४ मिनेट ०३.६१ सेकेन्डमा पूरा गर्दै पुरा गर्दै राष्ट्रिय कीर्तिमान कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १४ असोजः बिसौँ एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुषतर्फको पाँच हजार मिटर दौडमा नेपाली धावक मुकेशबहादुर पालले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।

पालले पाँच हजार मिटरको दूरी १४ मिनेट ०३.६१ सेकेन्डमा पूरा गर्दै यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमान तोड्नुभएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

भण्डारीले सन् २००४ को एथेन्स ओलम्पिकमा १४ मिनेट ०४.८९ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो ।

जारी एसियाली प्रतियोगितामा सहभागी १८ धावकमध्ये पालले नवौँ स्थान हासिल गर्नुभएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया