असोज १४, २०८३ बुधबार September 30, 2026

पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित

मदन भण्डारी कप भलिबल : पुलिस क्लबको लगातार दोस्रो जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । विभागीय टोली नेपाल पुलिस क्लबले बुटवलमा जारी मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा बुधबार भएको खेलमा पुलिसले खैरा भलिबल क्लब पन्जाबलाई ३–१ को सेटमा हराएको हो ।

पुलिसले खैरामाथि २६–२४, २६–२४, २०–२५, २५–१९ को नतिजा निकाल्यो । समूह ‘ए’ मा लगातार दोस्रो जितसँगै पुलिसको सेमिफाइनल सम्भावना बलियो बनेको छ ।

यसै समूहको अर्को खेलमा मणिमुकुन्द भलिबल क्लबले श्रीलंका पुलिस क्लबलाई ३–० को सेटमा हरायो । मणिमुकुन्दले श्रीलंका पुलिसमाथि २५–१९, २५–२०, २५–१६ को जित निकाल्यो । मणिमुकुन्द भलिबल क्लबको यो पहिलो जित हो । श्रीलंकाको यो लगातार दोस्रो हार हो । समूहको पहिलो खेलमा श्रीलंकन टोली नेपाल पुलिस क्लबसँग ३–० को सेटमा पराजित भएको थियो ।

यस्तै समूह ‘बी’ अन्तर्गत बुधबार भएको खेलमा सभापोखरी भलिबल क्लबले भारतको गुजरात स्र्पोटिङ क्लबलाई ३–० को सोझो सेटमा हरायो । भारतीय खेलाडीकै बर्चस्व रहेको सभापोखरी क्लबले गुजराजमाथि २५–१८, २५–१३, २५–२१ को जित निकालेको थियो ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा विदेशका तीन र नेपालको चार गरी सात टोलीको सहभागिता रहेको छ । असोज १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले रनिङ्ग शिल्डसहित सात लाख रुपैयाँ र उपविजेताले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

यस्तै तेस्रो हुनेलाई एक लाख ७५ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, ब्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही आठ हजार रुपैयाँसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार