मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

प्रदेश २ मा थप १ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टी- सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ५०२ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः  प्रदेश २ मा आज कोराना भाइरसबाट थप ११७ सङ्क्रमित देखिएका छन्।

प्रदेशअन्तर्गतका विभिन्न जनस्वास्थ्य प्रयोगशाला गरी ३०९ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

नयाँ सङक्रमित फेला पर्ने जिल्लामा धनुषामा १४ जना, पर्सामा १० जना, बारा र महोत्तरीमा सात/सात जना, रौतहटमा १४ जना, सप्तरीमा ४१ जना, सर्लाहीमा १० जना र सिरहामा १४ जना छन्।

प्रदेशमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५०२ रहेको छ भने उपचार गराइ निको भएर घर फर्कनेहरुको सङ्ख्या अहिलेसम्ममा १५ हजार ९७४ रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया