असोज १६, २०८३ शुक्रबार October 2, 2026

राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु

अनलाइन मूल्याङ्कनपछि २० टोली अन्तिम चरणका लागि छनोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । मदन भण्डारी मेमोरियल कलेज (एमबीएमसी) नयाँ बानेश्वरमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ आजदेखि सुरु भएको छ ।

‘इनोभेसन फर इम्प्याक्ट’ नाराका साथ आयोजना गरिएको ह्याकाथनको चौथो संस्करणमा देशभरका २८ शैक्षिक संस्थाका ६७ प्रतियोगी सहभागी छन् । प्रतियोगिताका लागि देशभरबाट १६० टोलीले आवेदन दिएका थिए । अनलाइन मूल्याङ्कनपछि २० टोली अन्तिम चरणका लागि छनोट भएका हुन् ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीले नेपालका विभिन्न सामाजिक तथा सार्वजनिक समस्याको सूचना प्रविधिमा आधारित समाधान विकास गर्ने आयोजकले जनाएको छ ।

यस वर्षको ह्याकाथन जलवायु परिवर्तन, उत्थानशीलता तथा दिगोपना, पर्यटन, ई–गभर्नेन्स तथा स्मार्ट सार्वजनिक सेवा, स्मार्ट सहरी यातायात तथा सडक सुरक्षा र फिनटेक तथा डिजिटल वित्तीय नवप्रवर्तन गरी पाँच विषयगत क्षेत्रमा केन्द्रित छ ।

ह्याकाथनको उद्घाटन गर्दै कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डेले अध्ययनसँगै समाजका समस्याको समाधान खोज्ने उद्देश्यले सूचना प्रविधिका विद्यार्थीबीच यस्तो प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । “सहभागी विद्यार्थी टोलीले नेपाल केन्द्रित समस्याको सूचना प्रविधिमा आधारित समाधानको खोजी गर्नेछन्”, उहाँले भन्नुभयो ।

क्याम्पस प्रमुख डा बाबुराम अधिकारीले कक्षाकोठामा सिकेको ज्ञानलाई समाजका वास्तविक समस्यासँग जोड्ने उद्देश्यले ह्याकाथन आयोजना गरिएको बताउनुभयो ।

उहाँका अनुसार ‘आइडिया एक्स’ आदिवासी भाषा तथा सांस्कृतिक सम्पदाको संरक्षणमा केन्द्रित कार्यक्रमका रूपमा सुरु भएर अहिले राष्ट्रियस्तरको ह्याकाथनका रूपमा विस्तार भएको हो ।

कार्यक्रम संयोजक तथा बीसीए संयोजक नवराज जोशीले ४८ घण्टाको अवधिमा सहभागी टोलीले समस्या पहिचान, समाधानको नमुना तयार र निर्णायकसमक्ष प्रस्तुति गर्ने बताउनुभयो । उहाँले सीमित समयमा टोलीमा काम गर्ने, निर्णय लिने र आफ्ना विचार प्रस्तुत गर्ने सीप विकासमा ह्याकाथन उपयोगी हुने उल्लेख गर्नुभयो ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु एक लाख ११ हजार १११ नगद पुरस्कार प्राप्त गर्नेछ भने पहिलो, दोस्रो र तेस्रो हुने टोलीलाई पुरस्कृत गरिने आयोजकले जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस महाधिवेशनमा प्रचारप्रसारमा कडाइ, भौतिक प्रचार सामग्रीमा पूर्ण रोक
२०८३ असोज १६, शुक्रबार
राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु
२०८३ असोज १६, शुक्रबार
आइसीसी पुरुष विश्वकप लिग-२: १५ सदस्यीय नेपाली टोली घोषणा
२०८३ असोज १६, शुक्रबार
नेप्सेमा ११.९० अंकको गिरावट, ४ अर्ब २९ करोडको कारोबार
२०८३ असोज १६, शुक्रबार
विकास र लगानीको वातावरण बनाउन कानुनी सुधारमा सरकार केन्द्रित : मन्त्री लम्साल
२०८३ असोज १६, शुक्रबार
संसदलाई उपेक्षा गर्ने काम प्रधानमन्त्रीबाट भएको छैन : प्रधानमन्त्री कार्यालय
२०८३ असोज १६, शुक्रबार
राष्ट्रपतिसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश
२०८३ असोज १६, शुक्रबार