असोज १७, २०८३ शनिबार October 3, 2026

निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

मोतियाविन्दुको लक्षण देखिएका ६३ जनामध्ये ३४ जनालाई औषधि तथा आँखा ड्रप उपलब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वीरगञ्ज (पर्सा), १७ असोजः पर्साको जगरनाथपुर गाउँपालिका–६ बहुअरीस्थित धर्मशालामा सञ्चालित निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित भएका छन् ।

आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई सहज रूपमा आँखा परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले दाइजो एवं सामाजिक कुरीतिविरुद्ध जागरण मञ्चले सामुदायिक आँखा केन्द्रको सहयोगमा शिविर आयोजना गरेको हो ।

मञ्चका अध्यक्ष वृजेश्वरप्रसाद चौधरीका अनुसार शिविरमा १८७ जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा मोतियाविन्दुको लक्षण देखिएका ६३ जनामध्ये ३४ जनालाई औषधि तथा आँखा ड्रप उपलब्ध गराइएको थियो ।

मोतियाविन्दुको समस्या देखिएका बिरामीको यही असोज १९ गते सोमबार वीरगञ्जस्थित सामुदायिक आँखा केन्द्रमा निःशुल्क शल्यक्रिया गरिने मञ्चले जनाएको छ । शिविरमा डा. महेशसिंह घामीले आँखा परीक्षण गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया