असोज १७, २०८३ शनिबार October 3, 2026

तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

स्थानीय तहअन्तर्गत चार हजार ४३८ गाई, चार हजार ३८८ भैंसी, २० बाख्रा र २७ बङ्गुरमा कृत्रिम गर्भाधान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दमौली (तनहुँ) । जिल्लामा पशुको नश्ल सुधार तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कृत्रिम गर्भाधान सेवा प्रभावकारी बन्दै गएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय तहअन्तर्गतका कृत्रिम गर्भाधान केन्द्रमार्फत आर्थिक वर्ष २०८२/८३ मा १० हजार ७८३ पशुमा कृत्रिम गर्भाधान भएको छ भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले बताए।

तनहुँमा १० वटा कृत्रिम गर्भाधान केन्द्र सञ्चालनमा छन् । ती केन्द्रमा ३० जना कृत्रिम गर्भाधानकर्ता परिचालित छन् । केन्द्रमार्फत एक हजार ९१० पशुमा कृत्रिम गर्भाधान गरिएको छ । जसमा एक हजार ३४५ गाई, ५६४ भैंसी र एक बङ्गुर छन् । त्यसैगरी स्थानीय तहअन्तर्गत सञ्चालित सेवामार्फत आठ हजार ८७३ पशुमा कृत्रिम गर्भाधान गरिएको केन्द्रले जनाएको छ । स्थानीय तहअन्तर्गत चार हजार ४३८ गाई, चार हजार ३८८ भैंसी, २० बाख्रा र २७ बङ्गुरमा कृत्रिम गर्भाधान गरिएको हो ।

प्राविधिक ठकुरीका अनुसार कृत्रिम गर्भाधानपछि गाईमा ६५ प्रतिशत, भैँसीमा ५० प्रतिशत, बाख्रामा ३० प्रतिशत र बङ्गुरमा ७६ प्रतिशत गर्भाधान दर रहेको छ । “पशुपालन व्यवसायमा उन्नत नश्लका पशुको सङ्ख्या बढाउन, दूध तथा मासु उत्पादन वृद्धि गर्न र पशुपालक किसानको आयआर्जन बढाउन कृत्रिम गर्भाधान सेवालाई महत्त्वपूर्ण मानिन्छ,” उनले भने ।

प्राकृतिक गर्भाधानको तुलनामा उन्नत नश्लका साँढे तथा राँगाको वीर्य प्रयोग गरी पशुको नश्ल सुधार गर्न सकिने भएकाले किसानमा यो सेवाप्रति आकर्षण बढेको उनले बताए।

तनहुँमा कृत्रिम गर्भाधान सेवा लिने पशुको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नौ हजार ५५२ पशुमा कृत्रिम गर्भाधान गरिएको थियो । एक वर्षमा कृत्रिम गर्भाधान गरिएका पशुको सङ्ख्या एक हजार २३१ ले वृद्धि भएको छ । जिल्लामा व्यावसायिक रूपमा पशुपालन गर्ने किसानको सङ्ख्या बढ्दै जानु, उन्नत नश्लका पशुप्रति किसानको आकर्षण बढ्नु तथा स्थानीय तहसम्म कृत्रिम गर्भाधान सेवा विस्तार हुनुका कारण सेवाग्राही पशुको सङ्ख्या बढेको प्राविधिक ठकुरीले बताए ।

कृत्रिम गर्भाधानबाट उन्नत नश्लका पशु उत्पादनसँगै दूध तथा मासु उत्पादन बढाउन सहयोग पुग्ने भएकाले पशुपालनलाई व्यावसायिक र उत्पादनमुखी बनाउन यो सेवा प्रभावकारी भएको प्राविधिक ठकुरीले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा
२०८३ असोज १७, शनिबार
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार
‘सांस्कृतिक राजा’को अवधारणासहित माओवादीले राजासँग सहकार्य खोजेको थियो : कमल थापा
२०८३ असोज १७, शनिबार
एसियाली खेलकुद : श्रीलंकाले जित्यो क्रिकेटमा कास्य पदक
२०८३ असोज १७, शनिबार
विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो हुँदै
२०८३ असोज १७, शनिबार
प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल
२०८३ असोज १७, शनिबार
कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो
२०८३ असोज १७, शनिबार