काठमाण्डौं। श्रीलंकाले एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा कांस्य पदक जितेको छ । शनिबार जापानको निसिनस्थित कोरोगी खेलकुद पार्कमा भएको कांस्य पदकको खेलमा श्रीलंकाले बंगलादेशलाई ६३ रनले पराजित गर्दै कास्य पदक जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । १६६ रनको लक्ष्य पछ्याएको बंगलादेशको सुरुवात भने निकै खराब रह्यो । उसका सुरुवाती तीन ब्याटर शून्य रनमै आउट भएका थिए ।
बंगलादेशले ४ रनमै तीन विकेट गुमाएको थियो । त्यसपछि पनि टोलीले लगातार विकेट गुमाउँदै १७.३ ओभरमा १०२ रनमै अलआउट भयो ।
त्यस्तै एशियाली खेलकुद अन्तर्गत आज फाइनलमा भारत र पाकिस्तान आमने सामने हुदैछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया