असोज १७, २०८३ शनिबार October 3, 2026

मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा

नेपाल पुलिस क्लबलाई मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रुपन्देही । मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।

बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा शनिबार भएको फाइनल खेलमा पुलिसले सभापोखरी भलिबल क्लब संखुवासभालाई ३ शून्यको सोझो सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो ।

पुलिसले सभापोखरीमाथि २५–२३, २५–२३, २५–२२ को जित निकाल्यो । भारतीय खेलाडीको साथ पाएको सभापोखरीमाथि पुलिसले उत्कृष्ट प्रदर्शन गरेको थियो । लिग चरणदेखि सानदार प्रदर्शन गरेको सभापोखरी फाइनलमा भने निराश बन्यो ।

उपाधिसँगै पुलिसले सात लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता सभापोखरीले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो ।
यस्तै विभागीय टोली एपिएफ क्लब तेस्रो भयो । तेस्रो स्थानका लागि शनिबार नै भएको खेलमा एपिएफले खैरा भलिबल क्लब पन्जाबलाई ३–१ को सेटमा हराएको थियो ।

एपिएफले खैरामाथि १८–२५, २५–१९, २५–१३, २५–११ को जित निकाल्यो । तेस्रो भएको एपिएफले एक लाख ७५ हजार रुपियाँ पुरस्कार पायो ।

चौथो भएको खैराले सान्त्वना पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ हात पार्‍यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसका पहल गहतराज घोषित भए । उनले १५ हजार रुपैयाँ पाए ।

यस्तै विधागततर्फ एपिएफका सरोज बर्देवा उत्कृष्ट स्पाइकर, पुलिसका बलराम गुरुङ उत्कृष्ट सेटर, पुलिसका रेशम छन्त्याल उत्कृष्ट सर्भर, सभापोखरीका सिभानसेन भी उत्कृष्ठ ब्लकर, सभापोखरीका सन्तोष राई उत्कृष्ट डिफेन्डर र पुलिसका चन्द्र कुँवल उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट सबैले जनही आठ हजार रुपैयाँ हात पारे ।

प्रतियोगिताको विजेता टोली र खेलाडीलाई लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री रामजी घिमिरे, पूर्वमन्त्री एवम् नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा, प्रदेश सभा सदस्यहरु भोजप्रसाद श्रेष्ठ र विष्णु पन्थी, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, आयोजक मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतले पुरस्कार प्रदान गरेका थिए ।

असोज १२ गतेदेखि सुरु भएको प्रतियोगितामा विदेशका तीन र नेपालको चार गरी सात टोलीले भाग लिएका थिए । एकेडेमीले दोस्रो संस्करणको भलिबल आयोजना गरेको हो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले यसको उद्घाटन गरेकी हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार
मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा
२०८३ असोज १७, शनिबार
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार
‘सांस्कृतिक राजा’को अवधारणासहित माओवादीले राजासँग सहकार्य खोजेको थियो : कमल थापा
२०८३ असोज १७, शनिबार
एसियाली खेलकुद : श्रीलंकाले जित्यो क्रिकेटमा कास्य पदक
२०८३ असोज १७, शनिबार
विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो हुँदै
२०८३ असोज १७, शनिबार