असोज १८, २०८३ आइतबार October 4, 2026

बडादशैंको पूर्व सन्ध्यामा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुँदै

इच्छुक टिम तथा खेलाडीले असोज २३ गते बेलुका ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं। डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ कोटेलीमा बडादशैंको पूर्व सन्ध्यामा जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नवदुर्गा गाउँपालिका-१ कोटेलीस्थित भूमिराज युवा क्लब ओली गाउँको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता असोज २४ र २५ गते कोटेलीस्थित चोरा खेलकुद मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक टिम तथा खेलाडीले असोज २३ गते बेलुका ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ सहित प्रमाणपत्र र मेडल, द्वितीय हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ सहित प्रमाणपत्र र मेडल र तृतीय हुने टिमले ११ हजार १ सय ११ रुपैयाँ सहित प्रमाणपत्र र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो व्यक्तिगत परिचय खुल्ने कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने, खेलका नियम पालना गर्नुपर्ने तथा खाना र बस्ने व्यवस्था सम्बन्धित टिमले स्वयं गर्नुपर्ने जनाइएको छ । खेलमा रेफ्रीको निर्णय अन्तिम हुने र अनुशासन उल्लङ्घन गर्ने खेलाडीलाई आयोजकले निष्कासन गर्न सक्ने सम्मको व्यवस्था गरिएको छ । खुल्ला रुपमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना हुन लागेको क्लबले जनाएको छ ।

नवदुर्गा गाउँपालिका वडा नं.१ को आर्थिक सहयोगमा उक्त क्लबले प्रतियोगिताको आयोजना गरिएको हो । भलिबल प्रतियोगितामा जिल्लाभित्रका टिमहरू सहभागी हुने आयोजकले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया