असोज १९, २०८३ सोमबार October 5, 2026

इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा

सरकारसँग भएको पाँच बुँदे सहमति कार्यान्वयन गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। एमबिबीएस इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनः आमरण अनसनमा बसेका छन्।

सहमति भएको दुई महिना बितिसक्दा पनि माग कार्यान्वयन नभएको भन्दै उनी अनसनमा बसेका हुन्। एमबीबीएस/बिडिएस इन्टर्न चिकित्सकसँग भएको पाँच बुँदे सहमति कार्यान्वयनको माग गर्दै उनी चिकित्सा शिक्षा आयोगको प्राङ्गणमा आमरण अनसन सुरु गरेका हुन्।

उनले आन्दोलनरत चिकित्सकले पटक–पटक ध्यानाकर्षण गराउँदा अपेक्षित रूपमा गम्भीर पहल तथा निर्णय नभएको आरोप लगाउँदै आफ्ना जायज मागको सुनुवाइ र कार्यान्वयनका लागि पुनःआमरण अनशन सुरु गर्न बाध्य भएको बताए।

इन्टर्न चिकित्सकको पारिश्रमिक र श्रमको मूल्याङ्कन गर्नुपर्नेलगायतका माग राखेर उहाँले गत साउन १९ गते माइतीघर मण्डलामा आमरण अनसन बसेका थिए। सरकारले साउन २२ गते पाँच बुँदे सहमति गरेपछि उनले अनसन तोडेका थिए।

हरिजनले आफ्नो माग व्यक्तिगत नभई हजारौँ एमबिबीएस तथा बिडिएस विद्यार्थी र इन्टर्न चिकित्सकको भविष्यसँग जोडिएको विषय भएको बताए। सहमति कार्यान्वयन भएमा त्यसको सकारात्मक प्रभाव आगामी पुस्ताका विद्यार्थी तथा चिकित्सकसम्म पुग्ने बताइन्छ।

एमबिबीएस, बिडिएसलगायत एकवर्षे इन्टर्नसीपमा स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयमा छलफल गर्ने, स्वीकृत शुल्कबाहेक अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गर्ने, एमबिबीएस तथा बिडिएस विद्यार्थीका लागि छात्रावासलाई अनिवार्य नभई वैकल्पिक बनाउने, इन्टर्न तथा आवासीय चिकित्सकको कार्य घण्टा श्रम ऐनअनुसार समान बनाउन समिति गठन गर्ने र मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क छानबिन गरी फिर्ता गराउनेलगायत पाँचबुँदे सहमति भएको थियो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार