असोज २१, २०८३ बुधबार October 7, 2026

स्क्रब टाइफस ७४ जिल्लामा फैलियो, १० हजारभन्दा बढी संक्रमित

जिल्लागत रूपमा दाङमा सबैभन्दा बढी ६२८ जना संक्रमित पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपालमा स्क्रब टाइफस संक्रमण तीव्र रूपमा फैलिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सन् २०२६ को जनवरीदेखि हालसम्म देशका ७४ जिल्लामा १० हजार २१० जनामा संक्रमण पुष्टि भएको छ भने सात जनाको मृत्यु भएको छ।

ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार मनसुन र मनसुनपछिको अवधिमा संक्रमण उल्लेख्य रूपमा बढेको छ। जुलाईमा १ हजार ३५२, अगस्टमा २ हजार ५७१ र सेप्टेम्बरमा २ हजार ८३३ जनामा संक्रमण पुष्टि भएको थियो। अक्टोबरको रिपोर्टिङ अवधिसम्म थप ७१७ जनामा संक्रमण देखिएको छ।

प्रदेशगत रूपमा सबैभन्दा बढी संक्रमण लुम्बिनी प्रदेशमा २ हजार ८४८ जनामा देखिएको छ। त्यसपछि सुदूरपश्चिममा २ हजार १३, गण्डकीमा १ हजार ८९५, बागमतीमा १ हजार २८४, कोशीमा १ हजार १६० र कर्णालीमा ७५१ जनामा संक्रमण पुष्टि भएको छ। मधेश प्रदेशमा भने २५९ जनामा संक्रमण देखिएको छ।

जिल्लागत रूपमा दाङमा सबैभन्दा बढी ६२८ जना संक्रमित भएका छन्। त्यसपछि स्याङ्जामा ५२५, बाजुरामा ४५७, सङ्खुवासभामा ४५६, पाल्पामा ४०३, धादिङमा ३६८, सल्यानमा ३४२, बर्दियामा ३२५, दार्चुलामा ३२४ र गोरखामा ३२१ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले रोगको निगरानी, परीक्षण, उपचार तथा जनचेतना कार्यक्रमलाई तीव्र बनाएको छ। प्रदेश तथा स्थानीय तहमा आवश्यकताका आधारमा स्क्रब टाइफस परीक्षणका र्‍यापिड टेस्ट किट र उपचारमा प्रयोग हुने औषधि पठाइएको मन्त्रालयले जनाएको छ। हाल स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा ५ हजार परीक्षण किट मौज्दात रहेको छ।

मन्त्रालयले रोगको अवस्था र संक्रमणको प्रवृत्ति निगरानी गर्न तथा  (SORMAS) प्रयोग गरिरहेको जनाएको छ। संक्रमणको पहिचान र प्रभावकारी उपचारका लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न तालिम तथा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन भइरहेको छ।

ईडीसीडीका अनुसार मनसुन तथा मनसुनपछिको समयमा घाँसे तथा झाडी क्षेत्रमा बाहिरी काम बढ्ने र रोग सार्ने माइटको सक्रियता बढ्ने भएकाले संक्रमणको जोखिम पनि बढ्ने गर्छ। खेतबारी, झाडी तथा वन क्षेत्रमा काम गर्ने व्यक्तिलाई लामो बाहुला भएका कपडा र जुत्ता प्रयोग गर्न तथा आवश्यक सावधानी अपनाउन स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्।

स्क्रब टाइफस माइटको टोकाइबाट सर्ने ब्याक्टेरियल संक्रमण हो। यसमा ज्वरो, टाउको दुख्ने, मांसपेशी दुख्ने तथा अत्यधिक थकानजस्ता लक्षण देखिन सक्छन्। समयमै उपचार नगरेमा संक्रमण गम्भीर बन्न सक्ने भएकाले लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा परीक्षण तथा उपचार गराउन स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वी जेरुसेलममा एकै पटक ६९ जना विस्थापित, सन् २००९ यताकै ठूलो घटना
२०८३ असोज २१, बुधबार
नेपाल-रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न
२०८३ असोज २१, बुधबार
रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान काभ्रेपलाञ्चोकमा सुरु
२०८३ असोज २१, बुधबार
सुदूरपश्चिम प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित
२०८३ असोज २१, बुधबार
प्रधान सेनापति सिग्देलद्वारा बेलायती उच्च सैनिक तथा सरकारी अधिकारीसँग भेटवार्ता
२०८३ असोज २१, बुधबार
स्क्रब टाइफस ७४ जिल्लामा फैलियो, १० हजारभन्दा बढी संक्रमित
२०८३ असोज २१, बुधबार
काँग्रेस महाधिवेशनः १० बजेदेखी मतदान, कुन प्रदेशको कहाँ, हेर्नुहोस् ?
२०८३ असोज २१, बुधबार