काठमाण्डौंः प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि बहादुर पालले नेपाल प्रहरीले मनाउँदै आएको बडा दसैंका अवसरमा आइतबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरिएको छ ।
पूजाअर्चनाको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पालले निसानमा पञ्जा छाप लगाएर पूजा गरेका हुन्। । साथै उनले मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्द र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई पगरी तथा नगद पुरस्कार प्रदान गरेका थिए ।
पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा उपस्थित महानुभावहरूलाई पूजारीबाट टीका तथा प्रसाद वितरण गरिएको थियो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया