काठमाण्डौंः नेपाली काँग्रेसले प्रत्येक बर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम कोरोना भाइरस संक्रमणका कारण यस बर्ष स्थगित गरेको छ ।
कांग्रेसले आइतबार एक विज्ञप्ति जारी गर्दै कोभिड-१९ का कारण यो वर्ष चियापान र शुभकामना आदानप्रदान नगर्ने जानकारी गराएको हो ।
वि.सं. २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।
विज्ञप्तीमा भनिएको छ,’विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ संक्रमण महामारीका कारण यस वर्षको कात्तिक १४ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया