असोज २३, २०८३ शुक्रबार October 9, 2026

आज विश्व दृष्टि दिवस : अन्धोपनको दर घट्दै

उमेरजन्य आँखाका रोगहरू र दृष्टिदोषजस्ता समस्याहरू प्रमुख चुनौती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। ‘आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरी आज देशभर विश्व दृष्टि दिवस मनाइँदैछ। हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारका दिन यो दिवस मनाउने गरिन्छ।

यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको नियमित हेरचाह र सरसफाइमा ध्यान दिन प्रेरित गर्नुका साथै सरकार तथा सम्बन्धित सरोकारवाला निकायहरूलाई सबै नागरिकका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ। साथै, विद्यालय, कार्यस्थल तथा नीति निर्माण तहमा आँखा परीक्षण र जनचेतनामूलक गतिविधिहरूलाई व्यापक रूपमा विस्तार गर्नुपर्नेमा नाराले विशेष जोड दिएको छ।

नेपालमा विगतका तुलनामा दृष्टि सम्बन्धी अवस्थामा उल्लेखनीय सुधार आएको तथ्यांकले देखाउँछ। सन् १९८१ मा नेपालमा अन्धोपनको दर शून्य दशमलव ८४ प्रतिशत रहेकोमा सन् २०२२ को ‘आरएएबी’सर्वेक्षण अनुसार यो घटेर शून्य दशमलव २८ प्रतिशतमा झरेको छ। तर, अन्धोपनको दरमा कमी आए तापनि आँखा स्वास्थ्यका समग्र समस्याहरू भने अझै पूर्ण रूपमा समाधान भइनसकेको नेपाल नेत्रज्योति सङ्घले जनाएको छ।

नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रका अनुसार पछिल्लो समय ग्लुकोमा (जलविन्दु), आँखाको पर्दासम्बन्धी जटिलता, मधुमेहका कारण आउने दृष्टि समस्या, उमेरजन्य आँखाका रोगहरू र दृष्टिदोषजस्ता समस्याहरू प्रमुख चुनौतीका रूपमा देखा परेका छन्।

मानिसको बढ्दो औसत आयु, नसर्ने रोगहरूको जोखिम, बदलिँदो जीवनशैली र मोबाइल, कम्प्युटर जस्ता डिजिटल उपकरणहरूको अत्यधिक प्रयोगका कारण आँखाको स्वास्थ्यमा नयाँ-नयाँ जोखिमहरू थपिँदै गएका छन्।

नेपाल नेत्रज्योति संघले देशभर आफ्ना २८ आँखा अस्पताल र ४४ जिल्ला शाखा मातहतका २२६ उपचार केन्द्रहरू मार्फत आँखा उपचार सेवा प्रवाह गर्दै आएको छ।

संघले हालसम्म पाँच करोड दुई लाख चार सय ८९ जनालाई आँखा सम्बन्धी उपचार सेवा प्रदान गरिसकेको छ भने ५६ लाख ५९ हजार छ सय २४ जनाको आँखाको सफल शल्यक्रिया गरिसकेको जनाएको छ। यस सेवाबाट नेपालीसँगै ठूलो संख्यामा विदेशी नागरिकहरू समेत लाभान्वित भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अस्ट्रेलियाको न्यु साउथ वेल्सका प्रिमियर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
२०८३ असोज २३, शुक्रबार
आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो
२०८३ असोज २३, शुक्रबार
युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ असोज २३, शुक्रबार
कोरलानाकाबाट ५४३ टन फलफूल आयात
२०८३ असोज २३, शुक्रबार
गृह मन्त्रालयमा पुग्यो एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको प्रतिवेदन
२०८३ असोज २३, शुक्रबार
म्याग्दीका छ वटै स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा
२०८३ असोज २३, शुक्रबार
केन्याले पहिलो पटक इबोला भाइरसको संक्रमण पुष्टि गरेसँगै देशभर स्वास्थ्य शतर्कता उच्च
२०८३ असोज २३, शुक्रबार