असोज २८, २०८३ बुधबार October 14, 2026

प्रधानसेनापति सिग्देल बेलायत भ्रमण पूरा गरी स्वदेश फिर्ता

भ्रमणका क्रममा बेलायतका सेनाध्यक्ष जनरल सर रोय वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । प्रधानसेनापति अशोकराज सिग्देल मित्रराष्ट्र बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केका छन्।

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए।

प्रधानसेनापति सिग्देलले भ्रमणका क्रममा बेलायतका सेनाध्यक्ष जनरल सर रोय वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

साथै वेल्सको ब्रेकनस्थित इन्फ्याटरी ब्याटल स्कुलको भ्रमणको दौरानमा अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्ससाइज क्यामब्रियन पट्रोल २०२६’ को निरीक्षण गरी स्वर्ण पदक प्राप्त गर्न सफल नेपाली सैनिक टोलीका सकलदर्जालाई प्रधानसेनापति प्रशंसा निशानबाट सुशोभनसमेत गरेका थिए।

यस भ्रमणले दुई देशबीच सदियौँदेखि रहँदै आएको सौहार्दपूर्ण द्विपक्षीय सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुगेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया