असोज ३१, २०८३ शनिबार October 17, 2026

ट्रमा उपचार सेवा देशभर विस्तार गर्ने सरकारको योजना : स्वास्थ्यमन्त्री मेहता

समुदायस्तरमा प्राथमिक उपचारसम्बन्धी ज्ञान विस्तार गर्न आवश्यक रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।

उहाँले दुर्घटनामा परेका नागरिकलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन देशका विभिन्न स्थानमा ट्रमा सेन्टर विस्तार गर्ने र उपचारपछि सामान्य जीवनमा फर्किन सहयोग पुर्‍याउन पुनःस्थापना केन्द्र निर्माण गर्ने काम अघि बढाइएको बताउनुभयो ।

ट्रमा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री मेहताले राजधानीमा मात्र नभई देशका विभिन्न भू–भागमा रहेका नागरिकले पनि समयमै आकस्मिक स्वास्थ्य सेवा पाउने व्यवस्था गर्न ट्रमा उपचार सेवाको पहुँच विस्तार गरिरहेको बताउनुभयो ।

मन्त्री मेहताले भन्नुभयो, “दुर्घटनापछि घाइतेको जीवनरक्षा गर्न समयमै उद्धार, घटनास्थलमै प्राथमिक उपचार, शीघ्र अस्पताल पुर्‍याउने व्यवस्था र गुणस्तरीय आकस्मिक उपचारको महत्त्वपूर्ण भूमिका रहन्छ ।”

सडक सुरक्षा, ट्राफिक नियमको पालना, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग र मादक पदार्थ सेवन गरेर सवारी नचलाउने विषयमा जनचेतना अभिवृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो ।

दुर्घटना स्थलमै प्राथमिक उपचार उपलब्ध गराउन सक्ने जनशक्ति विकास गर्नुका साथै समुदायस्तरमा प्राथमिक उपचारसम्बन्धी ज्ञान विस्तार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया