कार्तिक १, २०८३ आइतबार October 18, 2026

आइसिसी लिग-२ : क्यानडासँग नेपाल २४ रनले पराजित

नेपाल ओमानसँग पराजित भएमा क्यानडा छैटौंं स्थानमा रहँदै शीर्ष ६ मा पर्न सफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानको अल अमेरातमा सम्पन्न खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ। शनिबार भएको खेलमा हार बेहोरेसँगै नेपालको तालिकाको शीर्ष ६ मा रहेर ओडिआई  मान्यता जोगाउने सम्भावना थप चुनौतीपूर्ण बनेको छ।

क्यानडाले प्रस्तुत गरेको २५७ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमै अलआउट हुन पुग्यो। नेपालका लागि युवा ब्याटर अर्जुन कुमालले ११२ बलमा चार चौकाको मद्दतले सर्वाधिक ८७ रनको धैर्यपूर्ण इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।

आइसिसी लिग–२: क्यानडासँग २४ रनले पराजित भएपछि नेपालको शीर्ष ६ यात्रा संकटमाअन्य ब्याटरहरूमा दीपेन्द्रसिंह ऐरीले २७, गुल्शनकुमार झा र इशान पाण्डेले समान २१, ओपनर आसिफ शेखले २० तथा कप्तान रोहितकुमार पौडेलले १८ रन जोडे। तल्लो क्रममा करण केसी १७ रनमा अविजित रहे। नेपाललाई सस्तैमा समेट्न क्यानडाका सुखजिन्दर सिंहले १० ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए भने कलिम साना र सहिल पटेलले दुई-दुई विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २५६ रनको योगफल तयार पारेको थियो। क्यानडाका लागि युवराज समराले ११७ बलमा ११ चौका र ४ छक्का प्रहार गर्दै १०५ रनको शतकीय योगदान दिए। त्यस्तै आरोन जोनसनले ३६ र हर्ष थाकरले ३४ रन थपे।

नेपालका तर्फबाट स्पिनर ललितनारायण राजवंशीले १० ओभरमा २ मेडनसहित ३९ रन दिएर ४ विकेट लिएका थिए। पूर्वकप्तान सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा रोहितकुमार पौडेलले १ विकेट हात पारे।

अंकतालिकाको स्थिति र शीर्ष ६ को समीकरण

यस जितसँगै क्यानडा ३६ खेलबाट २९ अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ। पराजित नेपाल भने ३५ खेलबाट २८ अंकसहित सातौं स्थानमा झरेको छ।

नेपालले शीर्ष ६ भित्र स्थान सुरक्षित गर्न सोमबार हुने लिगको अन्तिम खेलमा घरेलु टोली ओमानलाई अनिवार्य रूपमा पराजित गर्नुपर्नेछ। यदि नेपाल ओमानसँग पराजित भएमा क्यानडा छैटौंं स्थानमा रहँदै शीर्ष ६ मा पर्न सफल हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध लुम्बिनीमा विरोध, निर्णय सच्याउन महाअभियानको माग
२०८३ कार्तिक १, आइतबार
नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ
२०८३ कार्तिक १, आइतबार
‘चौथो उपाध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि रतचुरालाई
२०८३ कार्तिक १, आइतबार
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजमा विशेषज्ञ सेवा पाइने
२०८३ कार्तिक १, आइतबार
सर्वोच्च अदालतको २० बुँदे निर्देशन : सेवाग्राहीलाई एक घण्टाभित्र तारेख र नक्कल दिनुपर्ने
२०८३ कार्तिक १, आइतबार
राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र
२०८३ कार्तिक १, आइतबार
Nepal Telecom is official partner of NPL-3
२०८३ कार्तिक १, आइतबार