कार्तिक १, २०८३ आइतबार October 18, 2026

‘चौथो उपाध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि रतचुरालाई

प्रतियोगितामा प्रथम हुने टोलीले रु ५० हजार, दोस्रोले रु ३० हजार, तेस्रोले रु २० हजारसहित शिल्ड र मेडल पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना गरेको ‘चौथो उपाध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि वडा नं ५ रतचुरा टोलीले हात पारेको छ ।

खनियाखर्कस्थित खेल मैदानमा भएको सो प्रतियोगितामा वडा नं १ डुडभञ्ज्याङ दोस्रो, वडा नं ५ खनियाँखर्क तेस्रो र वडा नं १ डुडभञ्ज्याङ टोली सान्त्वना भएको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु ५० हजार, दोस्रोले रु ३० हजार, तेस्रोले रु २० हजार र सान्त्वना हुने टिमले रु १० हजारसहित शिल्ड र मेडल प्राप्त गरेका छन् । प्रतियोगितामा विभिन्न सात वटा टिमले भाग लिएको थियो ।

बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पालिकाले जनाएको छ । उक्त पालिकाले ‘अध्यक्ष कप फुटबल’सहित विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध लुम्बिनीमा विरोध, निर्णय सच्याउन महाअभियानको माग
२०८३ कार्तिक १, आइतबार
नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ
२०८३ कार्तिक १, आइतबार
‘चौथो उपाध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि रतचुरालाई
२०८३ कार्तिक १, आइतबार
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजमा विशेषज्ञ सेवा पाइने
२०८३ कार्तिक १, आइतबार
सर्वोच्च अदालतको २० बुँदे निर्देशन : सेवाग्राहीलाई एक घण्टाभित्र तारेख र नक्कल दिनुपर्ने
२०८३ कार्तिक १, आइतबार
राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र
२०८३ कार्तिक १, आइतबार
Nepal Telecom is official partner of NPL-3
२०८३ कार्तिक १, आइतबार