कार्तिक २, २०८३ सोमबार October 19, 2026

राष्ट्रपति लुइज इनासिओ लुला र बोल्सोनारोबीच चुनावी बहस हुँदै

लुला दा सिल्भा र दक्षिणपन्थी सिनेटर फ्लेभियो बोल्सोनारो आइतबार पहिलो टेलिभिजन बहसमा आमनेसामने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रियो डी जेनेरियो। ब्राजिलमा राष्ट्रपति निर्वाचनको प्रतिस्पर्धा तीव्र भइरहेका बेला वामपन्थी राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा र दक्षिणपन्थी सिनेटर फ्लेभियो बोल्सोनारो आइतबार पहिलो टेलिभिजन बहसमा आमनेसामने हुँदै हुनुहुन्छ । अर्थतन्त्र, भ्रष्टाचार र सुरक्षा प्रमुख चुनावी मुद्दा बनेका छन् ।

पूर्वराष्ट्रपति जायर बोल्सोनारोका ४५ वर्षीय छोरा फ्लेभियोले पहिलो चरणको मतदानमा लुलालाई पछि पार्नुभएको थियो । पछिल्ला दुई सर्वेक्षणमा उहाँको अग्रता घटेर ५१ प्रतिशतमा झरेको छ भने लुलाको समर्थन ४९ प्रतिशत देखिएको छ ।

बहसअघि दुवै पक्षले देशभर र्‍याली निकालेका छन् । साओ पाउलोमा फ्लेभियोको समर्थनमा भएको र्‍यालीमा करिब ७१ हजार सहभागी भएको साओ पाउलो विश्वविद्यालयका पर्यवेक्षकले बताएका छन् । रियो डी जेनेरियो र राजधानी ब्रासिलियामा लुलाका समर्थकले पनि प्रदर्शन गरेका छन् । गायक केटानो भेलोसोले रियोमा लुलाको समर्थनमा ‘लोकतन्त्रका लागि र्याली’ को नेतृत्व गर्नुभयो ।

एकासी वर्षीय लुलाले कामदारलाई सातामा दुई दिन तलबसहित बिदा, साना उद्यमीको ऋण मिनाहा, विश्वविद्यालय छात्रवृत्ति र इन्धन कर हटाउने प्रतिबद्धता जनाउनुभएको छ

। बढ्दो सार्वजनिक ऋणका कारण उहाँका खर्चिला योजनाको आलोचना भइरहेको छ । फ्लेभियोले भने अपराध नियन्त्रणलाई प्राथमिकता दिँदै जेलमा रहेका आफ्ना बुबालाई मुक्त गराउने वाचा गर्नुभएको छ ।

सन् २०२२ को निर्वाचनपछि विद्रोहको षड्यन्त्र रचेको आरोपमा २७ वर्षको जेल सजाय भोगिरहेका पूर्वराष्ट्रपति जायर बोल्सोनारोप्रति रूढिवादी मतदाताको समर्थन कायम छ ।

अर्थतन्त्र, भ्रष्टाचार, सामाजिक कल्याण र सुरक्षाका मुद्दाबीच हुन लागेको पहिलो बहसलाई दुवै उम्मेदवारका लागि महत्त्वपूर्ण मानिएको छ । (रासस/एएफपी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इटालीमा महँगीविरुद्धको प्रदर्शनमा हिंसा, प्रधानमन्त्री मेलोनीद्वारा निन्दा
२०८३ कार्तिक २, सोमबार
भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा
२०८३ कार्तिक २, सोमबार
मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव
२०८३ कार्तिक २, सोमबार
हेगमा पीटीएमको आरोपः पाकिस्तानी सेनाले आतंकवादी समूहहरू खडा गर्‍यो
२०८३ कार्तिक २, सोमबार
राष्ट्रपति लुइज इनासिओ लुला र बोल्सोनारोबीच चुनावी बहस हुँदै
२०८३ कार्तिक २, सोमबार
कोप-३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
२०८३ कार्तिक २, सोमबार
शाकाहारीहरूले दसैँ कसरी मनाउने ? बिस्तृतमा जान्नुहाेस्
२०८३ कार्तिक २, सोमबार