कार्तिक २, २०८३ सोमबार October 19, 2026

इटालीमा महँगीविरुद्धको प्रदर्शनमा हिंसा, प्रधानमन्त्री मेलोनीद्वारा निन्दा

महँगीविरुद्ध इटालीका प्रमुख सहरमा प्रदर्शन, प्रहरी र आन्दोलनकारीबीच झडप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इटाली। बढ्दो महँगी र जीवनयापन खर्च वृद्धिको विरोधमा उत्तरी इटालीका प्रमुख शहरहरूमा शनिवार आयोजित प्रदर्शन हिंसात्मक झडपमा परिणत भएको छ ।

मिलान, बोलोन्या तथा टुरिन लगायतका सहरहरूमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच भएको दोहोरो झडपका क्रममा दर्जनौँ सुरक्षाकर्मीसहित कैयौँ प्रदर्शनकारी घाइते भएका छन् भने ६० भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इटालीको वित्तीय केन्द्र मानिने मिलानको ऐतिहासिक पियाज्जा डेल डुओमो क्षेत्रमा सयौँको सङ्ख्यामा भेला भएका कालो पहिरनधारी युवाहरूले प्रहरी लक्षित गर्दै पटका र बोतल प्रहार गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा कम्तीमा चार जना प्रहरी अधिकारी र २० जना प्रदर्शनकारी घाइते भएको स्थानीय समाचार संस्था आन्साले जनाएको छ ।

मिलान प्रहरीले घटनामा संलग्न रहेको आरोपमा करिव ५० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । त्यस्तै, बोलोन्या सहरमा अनियन्त्रित भीडलाई तितरबितर पार्न सुरक्षाकर्मीले पानीका फोहरा र अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।

त्यहाँ भएका झडपहरूमा ३६ जना सुरक्षाकर्मी घाइते वा चोटपटक लाग्न पुगेको प्रहरी तथ्याङ्क उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बोलोन्यामा तोडफोड तथा हिंसामा संलग्न रहेको अभियोगमा चार जना नाबालिगलाई पक्राउ गरिएको छ । यता टुरिन सहरमा पनि आन्दोलनकारी र प्रहरीबीच तनाव उत्पन्न भएपछि १० जना नाबालिगसहित १२ जनालाई हिरासतमा लिइएको छ । आन्दोलनकारीहरूले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, ऊर्जा संकट र जीवनयापन लागत अकासिँदै गएको भन्दै सरकारी नीतिको कडा आलोचना गरेका छन् ।

प्रदर्शनका क्रममा सार्वजनिक सम्पतीमा क्षति पुगेपछि र हिंसा भड्किएपछि इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले घटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ ।

शनिवार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री मेलोनीले भन्नुभयो,‘शान्तिपूर्ण प्रदर्शन गर्न पाउनु नागरिकको अधिकार हो, तर हाम्रा सहरहरूलाई आगोको ज्वालामा झोस्ने छुट कसैलाई छैन ।’ सरकारले हिंसात्मक गतिविधिमा संलग्न जोकोहीमाथि कडा कानुनी कारबाही गरिने जनाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ओमानलाई हराउँदै नेपाल लिग-२ को शीर्ष ६ मा
२०८३ कार्तिक २, सोमबार
इटालीमा महँगीविरुद्धको प्रदर्शनमा हिंसा, प्रधानमन्त्री मेलोनीद्वारा निन्दा
२०८३ कार्तिक २, सोमबार
भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा
२०८३ कार्तिक २, सोमबार
मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव
२०८३ कार्तिक २, सोमबार
हेगमा पीटीएमको आरोपः पाकिस्तानी सेनाले आतंकवादी समूहहरू खडा गर्‍यो
२०८३ कार्तिक २, सोमबार
राष्ट्रपति लुइज इनासिओ लुला र बोल्सोनारोबीच चुनावी बहस हुँदै
२०८३ कार्तिक २, सोमबार
कोप-३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
२०८३ कार्तिक २, सोमबार