काठमाण्डौंः वागमती प्रदेश प्रमुख विष्णप्रसाद प्रसाँईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर आएका थिए । उनमा मंगलमबार संक्रमण पुष्टि भएको हो ।
पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको थियो । यद्यपि, स्वास्थ्य अवस्था भने सामान्य रहेको उनले बताए । उनका छोरा राजेशमा पनि संक्रमण पुष्टि भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया