कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

तुलसीपुरमा ५८९ मुद्दा दर्ता

जघन्य अपराधतर्फ १०६, महिला तथा बालबालिकासम्बन्धी ४४ र आर्थिक अपराधतर्फ ३९ वटा घटना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तुलसीपुर (दाङ), १० कात्तिकः लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा ५८९ मुद्दा दर्ता भएका छन् ।

उक्त मुद्दा असोज महिनामा दर्ता भएको प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिनुभयो । जघन्य अपराधतर्फ १०६, महिला तथा बालबालिकासम्बन्धी ४४ र आर्थिक अपराधतर्फ ३९ वटा घटना भएका छन् ।

त्यस्तै, अवैध भन्सार छलीतर्फ छ करोड ८७ लाख ३४ हजार रुपैयाँ बराबरको सामानसहित २४ जनालाई पक्राउ गरिएको छ ।

राजस्व चुहावट एक करोड ९७ लाख १७ हजार ७७२ रुपैयाँ बराबरको सामानसहित ४१ जनालाई पक्राउ गरिएको छ । सवारीसाधन चेकजाँचका क्रममा एक हजार ४२८ व्यक्तिबाट एक करोड ४७ लाख ११ हजार राजस्व दाखिला भएको छ । प्राकृतिक सम्पदा दोहनतर्फ ७८ वटा सवारीसाधन जफत गरी २१ लाख १४ हजार ६०१ राजश्व दाखिला गरिएको छ । अवैध काठ बरामदबाट १९ लाख ४६ हजार ७०२ जरिवाना असुल गरिएको छ ।

अदालतको फैसला कार्यान्वयनतर्फ ३१४ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । उनीहरुबाट दुई करोड ५० लाख २८ हजार ५४६ जरिवाना असुल गरिएको छ । प्रहरीले विभिन्न जिल्लाबाट ३३ थान भरुवा बन्दुक, पाँच थान ऐ.नाल र तीन थान पेस्तोलसहित अवैध हातहतियार जफत गरेको छ, भने लागुऔषध कारोबार नियन्त्रणतर्फ ६५ वटा मुद्दा दर्ता गरी १११ जनालाई पक्राउ गरिएको छ ।

उनीहरुबाट ३६ केजी चरेस, १ किलो ग्राम ब्राउन सुगर, ९३ केजी गाँजा तथा अन्य प्रतिबन्धित औषधि बरामद भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया