कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

नेतान्याहुलाई सत्ताबाट हटाउन इजरायलका विपक्षी दलहरू एकजुट

इजरायलमा नेतान्याहुविरोधी मोर्चा बलियो बनाउने प्रयास, अरब पार्टीको समर्थन निर्णायक हुन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कााठमाण्डौः इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सत्ताबाट हटाउने लक्ष्यसहित केन्द्र–दक्षिणपन्थीदेखि वामपन्थीसम्मका विपक्षी दलहरू एकजुट भएका छन् । ‘चेन्ज ब्लक’ मा आबद्ध दलहरूले नेतान्याहु र उहाँका अतिदक्षिणपन्थी सहयोगीलाई पराजित गर्न गठबन्धन बनाउने प्रतिबद्धता जनाएका छन् । अरब पार्टीले पनि सहभागी हुने इच्छा देखाएको छ, तर अन्य दलले त्यसबारे स्पष्ट धारणा दिएका छैनन् ।

पूर्वसेना प्रमुख गदी आइसेनकोट, पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट, यायर लापिड, एभिग्डोर लिबरम्यान, यायर गोलन र अरब पार्टीका नेता मन्सुर अब्बास नेतान्याहुविरोधी मोर्चाका प्रमुख व्यक्तित्व हुनुहुन्छ ।

छैसठ्ठी वर्षीय आइसेनकोट गाजा युद्धमा छोरा र दुई भतिजा गुमाएपछि सार्वजनिक सहानुभूति पाउनुभएको नेता हुनुहुन्छ । उहाँले प्यालेस्टिनी राज्य स्थापनाको विरोध र गाजामा हमासको शासन अन्त्य गर्ने धारणा राख्नुभएको छ । सन् २०२४ मा नेतान्याहुको युद्ध मन्त्रिपरिषद्बाट राजीनामा दिनुभएका उहाँले अर्को वर्ष आफ्नै ‘याशर’ पार्टी स्थापना गर्नुभएको थियो ।

चौवन्न वर्षीय बेनेटले सन् २०२१ मा अरब पार्टीको समर्थनसहित विविध दलको गठबन्धन बनाएर नेतान्याहुको लगातार १२ वर्षको शासन अन्त्य गर्नुभएको थियो । उहाँको सरकार भने एक वर्षमै ढलेको थियो । दक्षिणपन्थी मतदातालाई आकर्षित गर्ने प्रयासमा रहनुभएका बेनेटले नेतान्याहुलाई विपक्षी गठबन्धनको सरकारमा समावेश गर्न सकिने धारणा पनि राख्नुभएको छ ।

पूर्वपत्रकार तथा पूर्वप्रधानमन्त्री ६२ वर्षीय यायर लापिड मध्यमार्गी येश अटिड पार्टीका नेता हुनुहुन्छ । उहाँले अर्थ र विदेशमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । नेतान्याहुको आलोचक लापिडलाई आफ्नो परम्परागत सहरी तथा धर्मनिरपेक्ष मतदाताभन्दा बाहिर समर्थन विस्तार गर्न चुनौती रहेको बताइन्छ ।

धर्मनिरपेक्ष राष्ट्रवादी नेता एभिग्डोर लिबरम्यान कुनै समय नेतान्याहुका निकट सहयोगी हुनुहुन्थ्यो । अहिले उहाँले प्रधानमन्त्रीको सुरक्षा नीतिको आलोचना गर्दै आउनुभएको छ । उहाँले विदेश, रक्षा र अर्थ मन्त्रालयको नेतृत्व गरिसक्नुभएको छ ।

यायर गोलन नेतृत्वको ‘द डेमोक्रेट्स’ पार्टीले परम्परागत वामपन्थी धारको प्रतिनिधित्व गर्छ । गोलनले प्यालेस्टिनीहरूसँग दुई राज्य समाधानको समर्थन गर्नुका साथै समलिङ्गी विवाहलाई मान्यता दिन र यहुदी विश्रामदिनमा सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने धारणा राख्नुभएको छ ।

अरब समुदायको प्रतिनिधित्व गर्ने मन्सुर अब्बासको पार्टी सन् २०२१ मा बेनेट नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने पहिलो अरब पार्टी बनेको थियो । इजरायलको जनसङ्ख्यामा अरब समुदायको हिस्सा करिब २० प्रतिशत छ । अब्बासको समर्थन विपक्षी गठबन्धनका लागि निर्णायक हुन सक्ने बताइएको छ । नेतान्याहुले भने उहाँसँग सहकार्य गर्ने विपक्षी नेताहरूको आलोचना गर्दै आउनुभएको छ । समर्थन विस्तार गर्न अब्बासले इजरायली यहुदी तथा पूर्वप्रहरी अधिकारी योव सेगालोभिट्जलाई आफ्नो पार्टीबाट उम्मेदवार बनाउनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तुलसीपुरमा ५८९ मुद्दा दर्ता
२०८३ कार्तिक १०, मंगलबार
तरुण दलको ७४औँ स्थापना दिवस : सङ्कटा मन्दिर परिसरमा सरसफाइ
२०८३ कार्तिक १०, मंगलबार
नेतान्याहुलाई सत्ताबाट हटाउन इजरायलका विपक्षी दलहरू एकजुट
२०८३ कार्तिक १०, मंगलबार
सुन तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य २५ रुपैयाँले घट्यो
२०८३ कार्तिक १०, मंगलबार
राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
२०८३ कार्तिक १०, मंगलबार
चलचित्र निर्माणमा साढे ३ करोड अनुदान, २१ दिनको समयावधी सहित मन्त्रालयद्वारा आवेदन आह्वान
२०८३ कार्तिक १०, मंगलबार
हुम्लामा चार करोड खसीको व्यापार
२०८३ कार्तिक १०, मंगलबार