कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा ५० महिला पत्रकारको निःशुल्क स्तन क्यान्सर परीक्षण

महिला पत्रकारलाई स्तन क्यान्सर परीक्षणको पहुँचमा ल्याउँदै नेपाल अर्बुद रोग निवारण संस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, कात्तिक १० गते । नेपाल अर्बुद रोग निवारण संस्थाले काठमाडौँ उपत्यकाका विभिन्न सञ्चार माध्यममा कार्यरत महिला पत्रकारहरुको स्तन क्यान्सर परीक्षण गरेको छ । त्रिवी शिक्षण अस्पताल महाराजगञ्जको ब्रेस्ट एण्ड थाइरोइड युनिटसँगको सहयकार्यमा संस्थाले तीन दिनसम्म सञ्चालन गरेको कार्यक्रममा ५० जना महिला पत्रकारहरुको स्तनको निशुल्क मेमोग्राम र अल्ट्रासाउण्ड परीक्षण गरिएको हो । अक्टोबर महिनालाई विश्वभर ‘स्तन क्यान्सर सचेतना महिना’ का रुपमा मनाउने अभियानमा ऐक्यबद्धता जनाउँदै संस्थाले यो कार्यक्रम आयोजना गरेको संस्थाकी सञ्चार सल्लाहकार साजना तामाङ कुँवरले जानकारी दिनुभयो ।

चार दशकदेखि क्यान्सरको क्षेत्रमा काम गरिरहेको संस्थाले तल्लो तहसम्म पुगेर “स्तन क्यान्सरसँगको युद्धमा कोही पनि एक्लो नहोस् र नछुटोस्”, भन्ने अभिप्रायले यो कार्यक्रम गरेको सल्लाहकार कुवँरले बताउनुभयो । कुवँरले, “कामकाजी, त्यसमा पनि पत्रकार महिलाहरु घरपरिवार सम्हाल्दै, सधैँ अरुको समाचार लेख्ने, नयाँनयाँ विषय खोज्ने र बाइलाइनमा ध्यान दिने हुँदा आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा नराख्ने भएकाले पनि विशेष गरी वहाँहरुको लागि भनेर यो कार्यक्रमको डिजाइन गरिएको हो ।‘’

उपप्राध्यापक एवं वरिष्ठ स्तन क्यान्सर सर्जन डा. सुजिता हिराचन तथा ब्रेस्ट क्यान्सर विभागका चिकित्सकहरुले सहभागीको परीक्षण गरेका थिए । जसमा ३० जनाको मेमोग्राम र करिब २० जनाको अल्ट्रासाउण्ड विधिबाट परीक्षण गरिएको थियो । रेडियोलोजी विभागका डा. अनामिका झासहितको टाmेी सो परीक्षणमा सहभागी थियो ।

स्तन क्यान्सरलाई सुरुकै अवस्थामा पत्ता लगाउन सके यसको उपचार सम्भव रहेको डा. हिराचनले बताउँनुभयो । उहाँले भन्नुभयो, “समयमै पत्ता लगाउनु नै यसको सबैभन्दा राम्रो समाधान हुनसक्छ तर जति ढिला भयो, त्यत्ति नै उपचार जटिल हुन्छ ।’’ उहाँले कम्तिमा महिनामा एक पटक रजस्वलाको तीन दिनपछि आफै पनि स्तन परीक्षण गर्न पनि सुझाव दिनुभयो ।

संस्थाका अध्यक्ष महेश श्रेष्ठले स्तन क्यान्सर परीक्षणको अवसर प्राप्त गर्न नसकेका महिलाहरुलाई पनि यसको पहुँचमा ल्याउन देशभर यो अभियान सञ्चालन गर्ने बताउनुभयो । सहभागी महिला पत्रकारहरुले परीक्षण कार्यक्रम निकै प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए ।

नेपालमा हरेक वर्ष करिब ५ हजार स्तन क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् भने विश्वमा हरेक वर्ष २४ लाख नयाँ बिरामी थपिन्छन् ।

सन् २०५० सम्म यो दर ३५ लाखसम्म पुग्ने प्रक्षेपण गरिएको छ । विकसित देशहरुमा स्तन क्यान्सर ६० वर्षभन्दा माथिका महिलाहरुमा देखिने गरे पनि नेपालमा भने ४० देखि ५० वर्षका महिला यसबाट बढी प्रभावित छन् । बढ्दो शहरीकरण,  वंशानुगत, ढिलो बच्चा जन्माउने महिलाहरु, छोटो समय मात्रै स्तनपान गराएका महिला,  मोटोपना,  धुम्रपान तथा मदिरा सेवन लगायत स्तन क्यान्सरका कारणहरु हुन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रवि लामिछानेको चीन भ्रमण स्थगितपछि महामन्त्री आचार्यको नेतृत्वमा टोली जाने तयारी
२०८३ कार्तिक १०, मंगलबार
Bhotekoshi flood caused loss of Rs 79.17B in private households, business
२०८३ कार्तिक १०, मंगलबार
मोजतबा खानेईसँग दुई पटक भेटेको इरानी राष्ट्रपतिको भनाइ, सभामुखले पनि स्वास्थ्यबारे दिए जानकारी
२०८३ कार्तिक १०, मंगलबार
नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा ५० महिला पत्रकारको निःशुल्क स्तन क्यान्सर परीक्षण
२०८३ कार्तिक १०, मंगलबार
एमाले अध्यक्ष ओलीद्वारा मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण
२०८३ कार्तिक १०, मंगलबार
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स १९ रनले पराजित
२०८३ कार्तिक १०, मंगलबार