कार्तिक ११, २०८३ बुधबार October 28, 2026

चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

नेपालले खेल्ने यस प्रतियोगितामा चीन, हङकङ र थाइल्याण्डले प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ११ कात्तिकः चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु–१९ महिला क्रिकेट सिरिज’मा सहभागी हुने नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार प्रतियोगिता आगामी नोभेम्बर ३ देखि ८ तारिकसम्म चीनमा आयोजना हुनेछ ।

उक्त प्रतियोगिताका लागि सोनी पाख्रिन, रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टीका साह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनीषा चौधरी, आसिकाकुमारी महरा, अनु कडायत, मनीषा उपाध्याय, सना प्रवीण, अलिशाकुमारी यादव र तिर्सना विश्वकर्माले टोलीमा स्थान बनाएका छन् ।

नेपालले खेल्ने यस प्रतियोगितामा चीन, हङकङ र थाइल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया